मैले हालेको त्यो पहिलो भोट !

शशी के.सी २०७९ मंसिर २ गते ३:०३ मा प्रकाशित

नेपालमा चुनाव आउन अब २ दिन बाकि छ । पहिले पहिले सधैं काम, घर व्यवहार, बच्चाको स्कुल पछिको गतिबिधि आदीमा निक्के व्यस्थ भई रहन्थें । त्यो बेला “ऐ नेपालमा चुनाव हुन लागेछ” भन्थें। त्यति चासो राख्ने पनि फुर्सद हुन्न थियो। तर खै यो पटक चाहीं फुर्सद मिल्यो की निक्कै नै चाख लिएर नेपालको चुनाव संम्बन्धि एकएक गतिबिधि निहाली रहेको छु ।

चुनावको चहलपहल हेर्दा त नेपालमा निक्कै ठुलो पर्व पो आएको जस्तो भान भएको छ । हुन त सधैं चुनावको बेला यस्तै नै हुन्छ नेपालमा भन्छन् ।

तर अमेरिकामा फरक अनुभव हुन्छ । चुनाव आयो / गयो पत्तो पनि हुन्न। केही दिन अगाडी मध्यावधी चुनाव भएको थियो । कोही घरघर घरदैलो कार्यक्रम भन्दै भोट माग्न आएनन् । केही घर अगाडी चाहीं प्रचार प्रसारका आफ्ना उम्मेवारका साईन बोर्ड देखियो । बिभिन्न शहरमा चुनावको सभा भएको देखियो । टेलिभिजनतिर बहस कार्यक्रम भएको थियो । चिठ्ठी र ईमेलतिर भोट र आर्थिक सहयोग मागेको मेसेज आएको थियो । त्यति हो । अमेरिकनहरूले हुलाक र मतदान केन्द्रमा नै गएर आफ्नो मतअधिकार प्रयोग गरेर भोट हाले । सकियो चुनाव ।

तर अमेरिकामा फरक अनुभव हुन्छ । चुनाव आयो / गयो पत्तो पनि हुन्न। केही दिन अगाडी मध्यावधी चुनाव भएको थियो ।

जति नेपालको चुनाव नेपालमा रहेका नेपालीलाई चासो छ । त्यतिनै नै चासो नेपाल बाहिर रहेका मजस्ता लाखौं नेपालीलाई पनि छ। फरक, हामीले भोट हाल्न पाउॅंदैनौं । प्रत्येक दिन हजारौं नेपालीहरूकाम गर्न विदेश जाने गर्छन् । भविष्यमा पक्का विदेशबाट पनि नेपालीले भोट हाल्न पाउने अधिकारउपयोग गर्न पाउॅंछन होला । यसरी विदेश बसेर नेपालको चुनावमा भोट हाल्न बंचित भई रहॅंदा, आफुले पहिलो र अहिलेसम्मको एक पटक मात्र हालेको भोटको संम्झना आउॅंछ ।

कुरा २०४८ सालको चुनावको हो । राजतन्त्र सकिएर प्रजातन्त्र आए पछिको चुनाव थियो । म काठमाडौं क्षेत्र नं १ को बासिन्दा । हाम्रो क्षेत्रबाट त्यो बेलाका प्रमुख दुई दल काग्रेंसबाट कृष्ण प्रसाद भट्टराई र एमालेबाट मदन भण्डारी उठनु भएको थियो । अरू पनि उठेका थिए । तर नाम याद छैन ।

पहिलो पटक भोट हाल्न लागेको, कसलाई हाल्ने र किन हाल्ने भन्ने अवस्था थियो । स्कुल होस्टेल बसेर पढेको, राजतन्त्रको समयमा हुर्केको, खोई राजनीति बारेमा त्यति केही जानकारी र चासो पनि थिएन ।

यसो सबैको कुरा सुन्दा काग्रेंसबाट उठेका कृष्ण प्रसाद भट्टराईलाई नै हाल्दा ठिक लाग्यो । उनलाई छान्नुको मुख्य कारण चाहीं त्योबेला काठमाडौंमा खानेपानी नआउने समस्या थियो, जुन अहिले पनि छ। उॅंहाले एउटा भाषणमा “ मलाई जिताएमा मेलम्ची खोलाको पानी काठमाडौंमा ल्याउॅंछु र त्यो पानीले बानेश्वरको सडक पखाल्छु “, यस्तै केही भन्नु भएको थियो ।

अर्को कारण चाहीं उॅंहाको “सादकी” थियो । उॅंहाको बारेमा पढेको, सुनेको र उॅंहाले दिएको भाषणआदी सुन्दा उॅंहा उचित लाग्यो । तेस्रो कारण चाहीं मेरो बुबाको मामाघरको हजुरबुबा, मेरो जिजुबुबा शहिद कप्तान यज्ञ बहादुर थापा, उॅंहाको दल “नेपाली काग्रेंस” ! मनमा लाग्यो कमसेकम मैले कांग्रेसको उम्मेवारलाई भोट हाल्दा जिजुबुबाको आत्मालाई शान्ति मिल्ला की । त्यसैले कृष्ण प्रसाद भट्टराईलाई नै भोट हाल्ने निधो गरें ।

मनमा लाग्यो कमसेकम मैले कांग्रेसको उम्मेवारलाई भोट हाल्दा जिजुबुबाको आत्मालाई शान्ति मिल्ला की । त्यसैले कृष्ण प्रसाद भट्टराईलाई नै भोट हाल्ने निधो गरें ।

चुनावको दिन घर नजिकको ईपियस स्कुलमा जानु पर्ने रहेछ । तातो घाममा २ घण्टा लाईन बस्नु पर्र्यो। म जस्तै धेरै जना पहिलो पटक भोट हाल्न आएका थिए। एक किसिमको नौलो र रमाईलो वातावरणथियो । मत खसाने ठाउॅं चाहीं स्कुलको चउरमा पालभित्र रहेछ । डोरीले दुबैतिर बारेर, आउने, जाने बनाईएको रहेछ।

मनमा भोट हाल्न पाईयो भनेर खुशी पनि नहशुस भई रहेको थियो । आफ्नो पालो आएपछि नाम सोधे, अनि नाम पत्ता लगाएर चिनो लगाए । त्योबेला नागरिकता वा फोटो भएको कलेज , अफिस आदी कुनै परिचयपत्र लग्नु पर्थ्यो की जस्तो लाग्छ, बिर्से । औंलामा मसी लगाएं र मतपत्र लिएर पाल भित्र पसें । मज्जाले छाप लगाएं । मसी न लतपतियोस भनेर एकछिन सुक्न दिंए र मत पेटिकामा खसाले र निक्लिए।

केही दिन पछि नतिजा आयो । कृष्ण प्रसाद भट्टराईले जित्न सक्नु भएन। नरमाईलो लाग्यो । तरअहिले ३१ बर्ष पछि काग्रेंसको अवस्था हेर्दा, धन्न शहिद जिजुबुबा यज्ञ बहादुर, बिपी, कृष्ण प्रसाद,गणेशमान जस्ता त्यागी, संन्त नेता रहेछन् र पो अझै कांग्रेस दल छ जस्तो लाग्छ र त्योबेला अंन्जानमा कृष्ण प्रसाद भट्टराईलाई भोट हाल्ने निर्णय गलत रहेनछ भन्ने महशुस हुन्छ ।

त्यो चुनाव पछि अर्को चुनाव आउॅंदा सम्ममा म विदेश हिंडिसकेको थिंए । त्यस पछि आफुलाई पायक पर्ने समय पारेर बर्षमा एकपटक नेपाल त पुगिरहन्छु । तर कहिल्यै चुनावको बेला नेपाल पुग्न सकेको छैन र भोट हाल्ने अवसर मिलेको छैन् ।

मंसीर ४, यो बर्षको नेपालको चुनाव आउन जम्मा २ दिनमात्र बांकी छ । भोट हाल्न पाउनु र हाल्नु त्यो देशको नागरिकको नैसर्गिक अधिकार हो । आफुले पाएको अधिकार सदुपयोग गर्नुस्।

मंसीर ४, यो बर्षको नेपालको चुनाव आउन जम्मा २ दिनमात्र बांकी छ । भोट हाल्न पाउनु र हाल्नु त्यो देशको नागरिकको नैसर्गिक अधिकार हो । आफुले पाएको अधिकार सदुपयोग गर्नुस्।

फुर्सद निकालेर आफ्नो क्षेत्रबाट उठेका उम्मेदवारको बारेमा जानकारी लिनुस्। आफ्नै दल, आफ्नैमान्छे आदी भन्ने हैन की बिभिन्न दलबाट उठेका तर यसलाई भोट हालेमा नेपालको भविष्य उज्वलहुन्छ सोचेर भोट चाहीं हाल्नु नै । अझ पहिले तेही क्षेत्रबाट पटक पटक उठेका उम्मेदवार फेरी पनिउठेका छन् भने त तिनीहरूको कामको मुल्यांकन गर्नु, भोट हाल्नु अगाडी ! मेरो एक भोटले के फरकपार्ला नसोच्नु । फरक पर्छ।

देश रहे, हामी सबै नेपाली !

शशी के.सी

शशी के.सी

लेखिका

प्रतिक्रिया