ठूलो इच्छा

अरुणबहादुर खत्री “नदी” २०७९ कार्तिक २९ गते ११:२९ मा प्रकाशित

प्रविणले सरकारी जागिर तेत्तिस वर्षसम्म खाएर उमेरको हदले अवकाश भयो । उसले सरकारी जागिर खाँदा बस, ट्याक्सी र रेक्सा सरकारी कामको सिलसिलामा चढ्यो । तर हवाई यात्रा भने गर्न पाएन । उसलाई प्लेन चढ्न ठूलो इच्छा भएर पनि सरकारी खर्चमा प्लेनमा उड्न पाएन ।

सरकारी जागिरबाट अवकाश भएपछि आएको पैसाले प्लेन चढेर उसले आफ्नो श्रीमतीलाई लिएर काठमाडौंदेखि पोखरा घुम्न लग्यो । पोखरा घुमेर प्लेनमा नै उनीहरु काठमाडौं फर्के । प्लेनमा काठमाडौं फर्कदा उसँगै रक्षा मन्त्रालयमा काम गर्ने उपसचिव शिवप्रसाद पनि त्यही प्लेनबाट काठमाडौं फर्कदै थिएँ ।

कुराकानी गर्दै जाँदा प्रविणले हाकिमसाहेबसँग “हामी पोखरा घुम्न गएका थियौ । पोखरा घुमेर काठमाडौं फर्केका हौ” भन्यो । हाकिमसाहेबले “बसमा फर्र्केको भएदेखि विभिन्न ठाउँ हेर्दै आउन पाउथ्यौ नि पैसा पनि धेरै लाग्दैनथ्यो म त अफिसको जरुरी काममा पोखरा गएर काठमाडौं फर्केको हुँ” भने । “मेरो प्लेन चढ्ने ठूलो इच्छा थियो अहिले पुरा भयो हाकिमसाहेब मैले तेत्तिस वर्षसम्म सरकारी जागिर खाँदा प्लेन चढ्ने अवसर मिलेन नि” प्रविणले भने ।


सामाखुसीमार्ग, सरकारी धारा, काठमाडौं ।

प्रतिक्रिया