चियापसलमा भिड

अरुणबहादुर खत्री “नदी” २०७९ कार्तिक २९ गते ११:२४ मा प्रकाशित

लघुकथा

मैले काम गर्ने कार्यालयको मूलगेट बाहिरको चियापसलमा चिया पिउन निस्कदा सधैंभरि भिड देख्ने गर्दथे । कुनै कुनै दिनमा मैले चिया बेच्ने साहुनीसंग “साह्रै भिड छ नि साहुनीकहाँ चिया खान आउने मान्छेको” हाँसीकन भन्दथे ।

एकजना चिया पिउन जाने ग्राहकले “हाम्री साहुनीले साह्रै मीठो चिया बनाउनुहुन्छ त्यसैले यहाँ आएर कुनै पनि ग्राहकले एकपटक चिया पिएपछि पल्कन थाल्छन्” भने ।

अर्को ग्राहकले “हाम्री साहुनीका छोरीहरु विवाह नगरीकन बसेका छन् साहुनीले छोरीहरुको विवाह गरेर पठाएपछि यहाँ चिया पिउन कोही पनि आउंदैनन् नि” भन्दै मुख छोडी हाल्यो । त्यसपछि हामी सबैजना खित्का छाडी हाँस्यौ ।

– अरुणबहादुर खत्री “नदी”

प्रतिक्रिया