महानगरद्वारा डेङ्गु नियन्त्रणका औषधि छकर्ने अभियान तीव्र

इनेप्लिज २०७९ कार्तिक २८ गते २३:०० मा प्रकाशित

विराटनगर,२८ कात्तिक ।

विराटनगर महानगरपालिकाले डेङ्गु रोग नियन्त्रण तथा रोकथाम अभियानलाई तीव्रता दिएको छ ।

डेङ्ंगु सार्ने लार्भा नियन्त्रणका लागि महानगरले औषधि छकर्ने अभियानलाई तीव्रता दिएको हो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला र स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिको उपस्थितिमा वडा नम्बर ४ बाट आजसाँझदेखि औषधि छर्कने(स्प्रे) कार्य शुरु गरिएको छ।

महानगरका प्रमुख नागेश कोइरालाको निर्देशनमा औषधि छकर्ने अभियानलाई तीव्रता दिइएको स्वास्थ्य महाशाखा प्रमुख अलिले जानकारी दिनु भयो ।

महामनगरले प्रत्येक दिन दुई बटा मेसिनबाट स्प्रे गर्ने कार्य भइरहेको छ र महानगरका १९ वटै वडामा सो कार्य गरिने भएको छ ।

यसअघि महानगरले स्वास्थ्यकर्मीलाई प्रशिक्षण, सरोकारवालाहरुसित छलफल, सबै वडाका महिला स्वयमसेविकाका र जनप्रतिनिधिहरुलाई अभिमुखीकरण सञ्चालन गरिएको थियो ।

प्रत्येक हप्ता सबै वडामा डेङ्गुको सङ्क्रमण सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट अभियान सञ्चालन भइरहेको छ ।

गमलाको पानी, टायर, जमेको पानी, कुलर र एसीको पछाडिको पानीलगायतमा डेङ्गुको सङ्क्रमण सार्ने लामखुट्टेले फूल पार्छ र जसको टोकाइबाट यसको सङ्क्रमण हुन्छ ।

हालसम्म महानगरमा १४८ जना डेङ्गुका बिरामी फेला परेका छन् । महानगरको सक्रियताका कारण विगतमा भन्दा डेङ्गुको सङ्क्रमण कम हुँदै गएको स्वास्थ्य महाशाखा प्रमुख अलिले बताउनु भयो ।

प्रतिक्रिया