बेलायतमा प्रथम विश्वयुद्धको स्मरण दिवस मनाइयो

इनेप्लिज २०७९ कार्तिक २८ गते २२:३२ मा प्रकाशित

१४ नोभेम्बर, लन्डन

बेलायतको वाट्फोर्डमा विश्वयुद्धमा वीरगति प्राप्त सैनिकहरुको सम्झनामा आइतबार स्मरण दिवस बनाइयो । वाट्फोर्ड नगरपालिकाद्वारा आयोजित उक्त समारोहमा विश्वयुद्धमा ज्यान गुमाएका गैर सैनिकहरुर सैनिकहरुलाई स्मरण गर्दै दुई मिनेट मौन धारण गरिएको थियो ।

वाट्फोर्डका मेयर पिटर टेलरले वीर सैनिकहरुको बहादुरीको चर्चा गरे । उनले डाक्टर, लेफ्टिनेन्ट कर्नेल तथा कवि जोन म्याक्रेको सैनिकहरुप्रति समर्पित फ्लान्दर्सको मैदानमा भन्ने कविता वाचन गरे ।

त्यसभन्दा पहिले भूतपूर्व सैनिक, प्रहरी, स्काउट, स्कूलका बिद्यार्थीहरुको जुलुस मुख्य बजार हुँदै समारोह स्थलमा पुगेको थियो । त्यस समारोहमा दिवंगतहरुलाई स्मरण गर्दै बेलायती सेनाका पूर्व अफिसर बसन्त लुइटेलको नेतृत्वमा पप्पी फूलको पुष्प माला सहित सलामी अर्पण गरिएको थियो । उक्त समारोहमा बेलायती सेनाका भूतपूर्व अफिसर र जवानहरु बसन्त लुइटेल, लेख गुरुंग, याम बहादुर गुरुंग, मुकुन्द गुरुंग, अमर गुरुंग लगायत अन्य नेपाली, बेलायती लगायत अन्य देशका नागरिकहरुको उपस्थिति थियो ।

प्रतिक्रिया