लेस्टरमा गोर्खा सैनिकहरुले ‘स्मरण दिवश’ मनाए

रोशन २०७९ कार्तिक २८ गते १०:५२ मा प्रकाशित

कोलभिल नेपाली समाजका अध्यक्ष कुमार राईको अनुशार नर्थ वेस्ट लेस्टरशायर डिस्ट्रिक्ट काउन्सिल र रोयल ब्रिटिश लिजनकोसंयुक्त आयोजित दिवशमा पूर्व वेलायती सैनिकहरु कोलभिल परेड स्थानिय क्राइस्ट चर्चबाट बिहान १०.३५ बजे होटल स्ट्रिट र हाई स्ट्रिट हुँदै, मेमोरियल स्क्वायरमा रहेको युद्ध स्मारकमा पुगेर हार्दिक सद्धान्जली अर्पण गरेका थिए ।

हजारौ संख्यामा उपस्थित रहेका आगन्तुक र बासिन्दाहरुलाई स्थानिय प्रहरीले कडा सुरक्षा प्रदान दिएका थिए । घरमै बसेर कार्यक्रमहेर्न सुरक्षित महसुस गर्नेहरूका लागि फेसबुक लाइभ स्ट्रिम पनि उपलब्ध गरिएको राईले जानकारी दिए । चुडाक मगरले भने, ‘स्मरणदिवस हामीले गुमाउनुपरेकाहरूलाई प्रतिबिम्बित गर्ने र सम्झने र विश्वभर द्वन्द्वमा सेवा गरिरहेकाहरूप्रति कृतज्ञता प्रकट गर्ने अवसर हो ।त्यसैले हरेक बर्ष मेरो परिवारको साथ दिवशमा भाग लिदै आईरहेको छु ।’

उक्त युद्ध स्मारकमा योद्धाहरुका सम्मानकालागि दुई मिनेट मौन धारणा गरिए पछि पाईपर धुन बजाईएको दिवशमा विभिन्न ओहोदाकाव्यक्तित्वहरुले फूलगुच्छा चढाएर समर्पण गरेका थिए । साथै कोलभिलका बासिन्दाहरूलाई सुरक्षित रूपमा आफ्नो सम्मान व्यक्त गर्नअनुमति दिईएको थियो । उक्त दुई मिनेटको मौन अवधीमा युद्ध स्मारको घण्टा घरको सबै भन्दा माथिबाट पपि फूलको दल खसालेर सम्मान गरिएको थियो ।

प्रतिक्रिया