क्यानेडियन नेवाः गुठि द्वारा “मुटुलाई कसरी स्वस्थ्य राख्ने” बिषयमा प्रबचन कार्यक्रम

इनेप्लिज २०७९ कार्तिक २८ गते १०:४७ मा प्रकाशित

ब्राम्प्टन, क्यानेडियन नेवाः गुठिले गत सप्ताहान्तमा “मुटुलाई कसरी स्वस्थ्य राख्ने” बिषयमा प्रबचन कार्यक्रम संचालन गरेको छ । नेपालका बरिष्ठ मुटु रोग बिषेषज्ञ प्रा. डा. सुजीब राजभण्डारीले क्यानडाको भ्रमणकोक्रममा क्यानेडियन नेवाःगुठिद्वारा आयोजित कार्यक्रममा नेपाली समुदाय बिच आफ्नो प्रबचन प्रस्तुत गर्नु भएको हो।

कार्यक्रममा डा. राजभण्डारी लगायत उपस्थित सबैलाई स्वागत गर्नु हुदै गुठिका अध्यक्ष प्रकाश प्रधानले गुठि द्वारा जनचेतनामूलक स्वास्थ्य सुचना प्रबाह गर्ने क्रममा आज नेपालका बरिष्ठ मुटु रोग बिषेषज्ञ प्रा. डा. सुजीब राजभण्डारीलाई स्वागत गर्न पाउदा खुसीलागेको बताउनु हुदै उहांको प्रस्तुतिबाट सबैलाई आफ्नो मुटु स्वस्थ्य राख्न सहयोग हुने बताउनु भयो । श्रोत ब्यक्ति बरिष्ठ मुटु रोग बिषेषज्ञ प्रा. डा. सुजीब राजभण्डारीको परिचय दिनु हुदै गुठिका उपाध्यक्ष उत्तम माकःजुले डा. राजभण्डारी मुटु रोग क्षेत्रको इलेक्त्रोफिजियोलोजिमा दखल राख्नुको साथै मुटुरोग बिषयको प्राध्यापन र अनुसन्धानमूलक कृतिको प्रकाशनले उहाँको उपचार बिधि सधैं सशक्त र समय सापेक्ष हुने बताउनु भयो ।

आफ्नो प्रस्तुति पावरप्वाइन्ट माध्यमबाट प्रस्तुत गर्नु हुदै प्रा. डा. सुजीब राजभण्डारीले बिस्वमा बर्षेनी एक करोड देखि १२० लाख ब्यक्तिको मुटुरोग बाट मृत्यु भैरहेकोले पनि यसको भयाबहता उच्च रहेको बताउनु भयो । एक अनुसन्धान अनुसार क्यानडामा पनि मृत्युका बिभिन्न कारण मध्य मुटुरोग दोश्रो कारण रहेको बताउनु हुदै बिभिन्न कारणले दक्षिण पूर्बी एशियाली समुदाय पनि मुटुरोगको बढि जोखिममा रहेको बताउनु भयो । मुटु रोगका बिभिन्न कारण मध्य उमेर, आनुबंशिकता, उच्च रक्तचाप, मधुमेह, धुम्रपान, क्लोलेस्ट्रल इत्यादि रहेको बताउनु हुदै स्वस्थ्य र सक्रिय जीबनशैली , खाना , ब्यायाम इत्यादिले आफ्नो मुटुलाई स्वस्थ्य राख्न सकिन्छ भन्नु भयो।

स्वस्थ्य र सन्तुलित भोजनबारे कुरा गर्नुहुदै उहाँले खानाको थालीमा आधाभाग हरियो तरकारी र फलफुल अनि अरु आधाभाग रेशायुक्त कार्बोहाइड्रेट र प्रोटीनको परिमाणले मुटु स्वस्थ राख्न सहयोग हुने बताउनु हुदै धेरै चिल्लो पदार्थले भान्छाको पानीजाने पाइपमा अबरोध भए जस्तै धेरै चिल्लोले हाम्रो मुटुको धमनीमा पनि अबरोध ल्याई मुटुरोग हुन जान्छ भन्नु भयो । मुटु स्वस्थ्य राख्नलाई उहाँले बजारमा खाद्य पदार्थ किन्न जादा जहिले पनि त्यसमा रहेको न्युट्रिसन तालिकाको सापेक्षेता हेर्नु पर्ने, आफ्नो शरीरको तौल, शरीरमा आईरहने बिभिन्न परिबर्तन इत्यादिमा ध्यान दिनु पर्ने, आफुलाई असहज भएको बेलामा र नियमित चिकित्सकिय परीक्षण गर्दा राम्रो हुने सुझाब दिनु भयो। अन्त्यमा उहाँले आफूले जानेका कुरा यहाँका नेपाली समुदाय समक्ष राख्ने मौका दिनु भएकोमा क्यानेडियन नेवाःगुठि प्रति आभार ब्यक्त गर्नु भयो।

कार्यक्रममा धन्यबाद ब्यक्त गर्नु हुदै गुठिका महासचिब बिमल श्रेष्ठले नेपालका बरिष्ठ मुटु रोग बिषेषज्ञ प्रा. डा. सुजीब राजभण्डारीलाई “मुटुलाई कसरी स्वस्थ्य राख्ने” बिषयमा नेपाली समुदाय बिच सरल र स्पष्ट रुपमा प्रबचन दिनुको साथै उपस्थित महानुभाबहरुको जिज्ञासा मेटाई दिनु भएकोमा हार्दिक धन्यबाद ब्यक्त गर्नु भयो। कार्यक्रममा गुठिका अध्यक्ष प्रकाश प्रधानले प्रा. डा. सुजीब राजभण्डारीलाई गुथिको तर्फ बाट “मायाको चिनो” प्रदान गर्नु भएको थियो भने प्रश्नोत्तर समयमा उपस्थित महानुभाबहरुले राख्नु भएको बैयक्तिक तथा समसामयिक प्रश्नहरुको उत्तर दिनु भएको थियो। कार्यक्रमको उदघोषण गुठिका सह कोषाध्यक्ष चन्दा श्रेष्ठले गर्नु भएको थियो ।

प्रतिक्रिया