अमेरिकन आइडल रनरअप आर्थर गन लुम्बिनी-कपिलवस्तु विस्व अभियानका सांस्कृतिक दूत  

इनेप्लिज २०७९ कार्तिक २० गते ३:३९ मा प्रकाशित

५ नोभेम्बर, मेलबर्न: Maven Entertainment र S-Events & Multimedia द्धारा संयुक्त रुपमा ६ नोभेम्बरमा मेलबर्नको 170 Russell Street मा आयोजना गर्न लागिएको MAVEN NIGHT Feat. ARTHUR GUNN (American Idol 2020 – Runner-Up) का लागि मेलबर्न आइपुगेका अमेरिकन आइडल २०२० का रनरअप आर्थर गन (दिबेश पोखरेल) संग आज म्याजिक मम क्याफे फुटस्क्रेमा आयोजना गरिएको मिट एन्ड ग्रिट कार्यक्रममा आर्थर गनलाई वुद्धको जन्मस्थल बिषयमा रहेको विस्वब्यापी दिग्भ्रम निस्तेज गर्ने अभिप्रायले सिर्जित विस्वब्यापी अभियान लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठद्धारा अभियानको सांस्कृतिक दूत नियुक्त गरिएको छ ।

अभियानले अभियानको उद्धेस्य प्राप्ती कार्यमा आ-आफ्नो कामका आधारमा योगदान पुर्याएका पूर्व प्रधानमन्त्री, पूर्व मन्त्री र राजदूतहरुलाई समेत सम्मान गरिसकेको र नेपाल र नेपालीको शिर उचो बनाउन योगदान पुर्याउने राष्ट्रिय अन्तरास्ट्रिय सेलिब्रिटिहरुलाई अभियानको दूत नियुक्त गरी सम्मान गर्दै आएकोले आमेरिकन आइडलमा सहभागी भएर २०२० मा रनरअप बनी नेपाल र नेपालीको शिर उचो राख्न योगदान गरेका कारण आर्थर गनलाई अभियानको सांस्कृतिक दूत नियुक्त गरेको जानकारी दिंदै आर्थर गन (दिबेश पोखरेल) लाई श्रेष्ठले दूत नियुक्तिको प्रमाणपत्र प्रदान गरेका थिए । त्यस अघि श्रेष्ठले अभियानले अभियानद्धारा अन्तरराष्ट्रिय महत्व राख्ने उपलब्धीका बारेमा संक्षेपमा जानकारी दिएका थिए ।

Maven Consulting Group Melbourne का संस्थापक एबं बिजिनेस डेभलोपमेन्ट डाइरेक्टर एबं Maven Entertainment संस्थापक एबं प्रमुख कार्यकारी अधिकृत भिक्की श्रेष्ठ र S-Events & Multimedia का निर्देशक सुनोद श्रेष्ठद्धारा MAVEN NIGHT Feat. ARTHUR GUNN ६ नोभेम्बरमा आयोजना गर्न लागिएको कार्यक्रमका लागि बिभिन्न किसिमबाट योगदान पुर्याउने सबैको योगदानको फेहरिस्त पेश गर्दै सबैलाई धन्यवाद ज्ञापन गर्दै सबैप्रति आभार प्रकट गरे ।

आर्थर गनले अस्ट्रेलियाका मुख्य शहरहरुमा आफ्नो प्रस्तुति दिनेछन । मेलबर्नपछि उन्ले १७ नोभेम्बरमा सिडनीमा प्रस्तुति दिनेछन । मेलबर्नको उन्को प्रस्तुतिमा भ्वाइस अफ नेपाल २०१८ का रनरअप कुशल आचार्य र भ्वाइस अफ नेपाल – ३ को उत्कृस्ट १० मा पर्न सफल निहारिका ज्ञवालीले पनि साथ दिनेछन ।

प्रतिक्रिया