मुक्तक: होईन महोदय!

रूपेश कार्की (बद्री प्रयास) २०७९ कार्तिक १८ गते ९:३० मा प्रकाशित

जति नि अभावलाई सहन सकिन्छ तर ,
कसैको दबाबलाई होइन महोदय!

जस्तो बदनामीलाई नि सहन सकिन्छ तर,
कसैको अपमानलाई होइन महोदय!

दुई हात/पाउको ठेलाहरूलाई सहन सकिन्छ तर,
कसैको हेलाँलाई होइन महोदय!

बाहिरी चोटपटक जति सहन सकिन्छ तर,
कसैको अन्तर घातको कटाक्ष होइन महोदय!

अन्याय सहन सकिन्छ तर ,
तिम्रो अत्यचार होईन महोदय!

तृष्णा जति पनि सहन सकिन्छ तर,
तिम्रो तिरस्कार होईन महोदय!
विम्व सहन सकिन्छ
तर कसैको नक्कली देखावटी प्रतिविम्व होईन महोदय!
प्रेम/ विछोड सहन सकिन्छ
तर कसैको स्वार्थीपना र वचन होइन महोदय!

रूपेश कार्की ( बद्री प्रयास) साहित्यकार तथा लेखक

रूपेश कार्की (बद्री प्रयास)

✍️रूपेश कार्की (बद्री प्रयास) साहित्यकार तथा लेखक

प्रतिक्रिया