मलाई माफ गरिदेउ नेपाल आमा,मैले तिमीलाई जोगाउन सकिन

रूपेश कार्की (बद्री प्रयास) २०७९ कार्तिक १६ गते ९:५९ मा प्रकाशित

संसारकै उत्कृमा,सौर्न्दर्यताको धनी,प्रकृति रूपमा अत्यन्तै राम्री र अबल कुनै र कसैसगँ पनि तुलना गर्नै वा दाज्नै नसकिने थियौ नेपाल आमा तिमी। देव भुमि, तप भुमि,ज्ञान भुमि, शान्ति भुमि ,विश्वको अग्लो पर्वत सगरमाथा अरू घेरै हिमालको सदावहार हिउँ, ठाडो शिर त्यो मिठासयुक्त मुस्कान। तिम्रो कोख बाट जन्मे लिएका अरनिको,सीता र गौतम बुद्ध महान व्यक्ति र अरू कपुत छोराहरू/ छोरीहरू।

संस्कार र स्कृतिले भरिपुर्ण अनेक जात, अनेक भेषा , अनेक भाषा अनि रितिरिवाजमा पनि एकता भएका महान मानव अनि जाति, धर्म, संस्कार, लिङ्गलाई ब्यतिकरण गरि स्वतन्त्रता र अधिकारको नाममा धज्जीउढाने र आफ्नो कर्तव्य विर्सने कलियुगका महानायक,समाजमा आफुलाई समाजशास्त्री,मानवअधिकारकर्मी,महिला अधिकारकर्मी इत्यादि समाजका कुपात्र हरू। हरेक चाडपर्व र संस्कारमा सवै धर्म जस्तैः हिन्दु,बौद्ध ,इसाई ,मुस्लिम जे भएनि समुदायको कति राम्रो भाईचारा, आत्मसात ,आत्मियता, ठुलालाई सम्मान ,सानालाई निस्वार्थ माया, ममता र स्नेह थियो। दाजुभाई दिदिबहिनी बिचमा समधुर सम्बन्ध थियो तर आज त्यो रहेन सम्बन्ध कुरा छाड्यौ विवाहवारी पनि चलाउन थाले अब वशंको नाश मानव सभ्यताको उठिबास।बोलिमा शिष्टचार थियो हजुर तपाईं, आइसोस्, गईसोस् तर आज सुडा-सुडी ,बुढा-बुढी फुच्चे- फुच्ची रे हैट बोलिमा छाडापना।यति हुदाँ पनि म मौन छु माफ गरिदेउ मलाई नेपाल आमा।

परिवर्तन प्रकृति नियम हो। नियमसगै परिवर्तन हनु मानव धर्म र कर्म हो ।त्यसै गरि नेपालआमा तिमी पनि समय अनुसार परिवर्तन भइरहेउ,कहिले राणा शासन,राजा शासन,प्रजातन्त्र , लोकतन्त्र र गणतन्त्र नाम तिमीले थुप्रै शासन पद्धति हेर्यौ कथित क्रान्ति हेर्यौ,आफ्नै मनमा अशान्ति ले बेर्यौ, तिमीलाई तिम्रा पुत्रहरूले तिम्रो अस्मितालाई ख्यालनै नगिरकन आफनो स्वार्थपुर्तिको निमित तिमीलाई नै दुखदिए अनि आन्नद लिए र टन्न दामपनि लिए दुवई र स्वीच बैकमा राख्नेगरि। तिमीलाई झुक्याएर कहिले दिल्ली ,कहिले अमेरिका त कहिले चाइनिज र अहिले युरोपियन को डलरमा तिमीलाई उनीहरूको बिचार र सिदान्त बोकेर पाटी खोल्दै पात्र र धटना परिमार्जन गर्दै तिमीलाई बल्तकार गराए, रअ,सिआए र युरोपेली युनियनको नागा सगँ रागा लगाए, तर तिमीले गर्भधारण चाहिँ गरिनौ नत्र तिम्रा अगामी पुस्ता खैरे भै सक्थेहोला यत्रो पिडादायी अबस्थामा नि मैले ट्वाल्ल हेरेर बस्नु शिवाय केही गर्न सकिन ,माफ गरिदेउ मलाई नेपाल आमा।


जलस्रोत को दोस्रो धनी वनायौ जहाँ ८५ हजार मेगावाट बति निकाल्न सकिन्छ र विश्व बजारमा व्यापार गरेर देश र जनताको स्तर विश्वको १ नम्वरमा हुनेथियो तिमीलाई झिलिमिलिले ढाक्न सकिन्थो तर यहि नारामा २००७, २०१५, २०३६,२०४६ २०५२ २०६२ र २०६३ सालमा मा कथित क्रान्ति गरेर कतिलाई विधुवा वनाए, कतिलाई टुहुरो बनाए, कतिलाई निसन्तान बनाए कतिका कोख रित्तै बनाए अनेकौं बाहनामा भ्रमक‍ो झुट्टो श्रमको खेतिमा देशलाई माग्ने र थाङ्ने बनाए नैतिकता विहिन राष्ट्र ,भष्टचारीमा अग्रता , बिक्रीमा आफ्नो नाम जनाए , माफ गरिदेउ मलाई नेपाल आमा मैले चाहेर पनि तिमी जोगाउन सकिन ।


आज तिम्रा सन्तती खाना लाउन पेटको क्रान्ति र आर्थिक क्रान्ति गर्छु भनेर पलाएन हुने सन्तानलाई स्वरोजगार र रोजगारी दिएर शान्तिका साथ तिम्रो अगालोमा बेरेर घेरेर राख्नसक्थौ, आज आफ्ना सन्तती, लालावाला,जहान ,परिवार को माया ममतालाई कठ‍ोर पारी मनलाईभारी बनाउदै हरियो पासपोर्ट बोके “आश बोकेर हिडेकाहरू लास बनेर बाक्समा आउँदा” , त्यहि लासमा सरकारले कर लगाउँदा पनि छाति माथि ढुङ्गा राख्नु बाहेक के गर्न सकिन मलाई माफ गरिदेउ नेपाल आमा।

विश्वविद्यालय को शिक्षा नितिलाई विदेशमुखी बनाए आफ्नालाई उपकुलपति र रजिस्ट्रार वनाए अनि गुर्जुवा शिक्षा प्रधान गरे धोकन्ते शिक्षा लादे डिग्री लाई शिरानिमुनि खादेर पासपोर्ट बोक्न बाध्य पारे, शिक्षामा ध्वस्त पारे, रेमिटान्स ले देशचलाउछु भन्ने सङ्कुचित सोच्च भएका श्री ७ सरकार, मागेर देशको अर्थतन्त्र उकास्छौ भने अर्थमन्त्री र मन्त्रीहरू काहि नभएको जात्रा नेपालमा। विदेश अध्ययन गर्न जानेको भिड, अर्थतन्त्र पलायन भै राष्ट्र नै कसरी चलाउने भन्ने छ यहाँ पिर।ब्रेनवाला विदेशमा वौदिकता खैरेलाई बेचेर आफनो जीविकोपार्जन गरिरहेका छन क्रेन भएका ८ पासेहरू चतुर्‍याइँ गरि कुन कुन बैकमा गोप्य रूपमा पैसा थुपार्न पाईन्छ मै ब्यस्त छन माफ गरिदेउ नेपाल आमा मैले तिमीलाई बचाउन सकिन।

८४% ओमकार परिवार थियो कति मिलेका तिम्रा सन्ततिलाई विभिन्न आश्वासन दिए र तिम्रा बाठा अनपढ छोराहरूलाई ललिपप् र पैसा दिएर तिमीमाथि अभद्र व्यवहार गराए ओमकार परिवार लाई छिन्न भिन्न पार्नको निमित पश्चिमाहरूले जोसुवा प्रोजेक्ट १ चलाए असफल भए त्यसलाई परिमार्जन गरि जोसुवा प्रोजेक्ट २ चलाए, एपेक ,आर एस एस अहिले चलाएर तिम्रा गरिब र दरिद्रि छोरा छोरी किनेर तिम्रो छातिमा लात मारे, संस्कृति मेटाए, विश्वविद्यालयमा झुट्टो ईतिहास पढाउन लगाएर समाजलाई छिन्न भिन्नपारे ।देव भुमिमा आक्रमण गर्दैछन,गुठी बेचे, मन्दिरका मुर्ति बेचे,गजुर बेचे ,शास्त्र बेचे ,श्रीपेच बेचे, संस्कार बेचे, इज्जत बेचे,वीर गोर्खाली फौजीको नाम बेचे,युवा खाडीमा बेचे दिदिबहिनि दिल्लीको कोटीमा बेचे र ३० भन्दा वढी कलकारखाना स्वाहा पारे तिम्रा कङ्गाल र कुलङ्धार छोरा/ छोरीले यति हुदाँ नि म तिम्रो नामर्द छोरोले केही गर्न सकिन माफ गरिदेउ मलाई नेपाल आमा।

तिमी प्राकृतिक रूपमा निकै सौन्दर्य थियौ तिम्रा सन्तति रोगव्यादी नलागोस भनेर धेरै जडिबुटीहरूले भुगोललाई सजाएकि थियौ तर पश्चिमादेशकाहरू “फर्मास्युटिकल” एजेन्टले विभिन्न रसायन प्रयोग गरि सकाए र बाकीलाई कौडीको भाउमा लिलामी गर्दैछन।हामीलाई ललिपपमा नै मख्ख परेर बसेका छौ उता रातौ रात धन्दा चल्दैछ।तिमीले हामीलाई सुनको थाली दियौ नेपाल आमा आज हामी सुनको थाल लिएर भिख माग्दै जिविकोपार्जन गर्दैछौ मलाई माफ गरिदेउ नेपाल आमा।

तिमीले हामीलाई विश्वको पहिलो संविधान “मनुस्मृति” दिएकि थियौ जुन ऋषिमुनिको पालामा बनेको थियो तर अहिले हामीसँग थप दुई थान संविधान छन २०४७ य‍स्को अल्पायुमै मृत्यु भयो र अहिले २०७२ छ जुन पश्चिमा देशको संविधान बाट जस्ताको तस्तै प्रतिलिपी छ। कलियुगमा समयनै उल्टो हुदो रहेछ पहिले हाम्रो प्रतिलिपी गरे उनीहरूले अहिले हामी अरूको प्रतिलिपि गर्दैछौ मलाई माफ गरिदेउ मैले यसलाई रोक्न सकिन नेपाल आमा।


तिम्रा छोरीहरू लाई तिमीले दिएको असल संस्कार अलि पुगेन्छ, आमा तिमी त पुरै शरीर ढाकेर हिड्थ्यौ,वैशमा पनि अौश भएन तिमीलाई ,विवाह पछि पनि सिउदोमा सिन्दु र गलामा पोतेको झुप्पा हुन्थो, एउटा विवाह भन्दा अर्को विवाह गरिनौ कहिल्यै बरू विधुवा भएर बस्यौं तर सम्बन्ध विच्छेद गरिनौ,२-४ जना सगँ विवाह पनि गरिनौ, कुल धर्म र संस्कारमा रहेउ तर आज भोलि तिम्रा छोरीहरू/ हाम्रा चेलिहरू पश्चिमा देशको फेसन को सेसन चलेको छ, २ इन्चको टालो, जालीवाला वश्त्र लगाएर हिडछन, मिनिस्कट लगाउछन,स्कट लगाउछ, लब गर्दै हिडछन, सोचविचारै नगरि धनी र लुवाई खुवाई देखेर विहे गर्छन,२-३ वर्षमा सम्बन्ध विच्छेद गर्छन,फेरि अर्को सगँ बिहे गर्छन विहे भन्ने कुरा त वालापनमा भाडाकुटि खोले जस्तै भयो नि नेपाल आमा अहिले छिनमै हुने, अहिले त विवाहित र अविवाहित महिला पनि चिनिदैन नि, न सिन्दुर छ सिउदोमा, न पोते छ, तिम्रो जस्तो धाटि भरी। तिम्रा छोरीहरू अहिले निवस्त्र जस्तै भएर हिडेर पनि होला दिनैपिच्छे बलात्कृत हुन्छ ,कतिले त ज्यानै गुमाउछन अनि बलात्कृत भएको प्रमाण प्रहरी प्रशासनले नष्ट गर्छन पावरमा,न्यायलयले पैसा र पावरवालाई सेभल्याड गर्दै फौसला सुनाउँछ म पनि त्यहि हेरेर बस्छु माफ गरिदे मलाई नेपाल आमा।

तिम्रा छोरा पनि कमी छैन दिदी-बहिनी चेलीबेटी भन्दैन यौन शोषण गर्नैमा मस्त छन यहाँ कोहि चिन्दैन दिदिबहिनी आफ्न्ता इष्टमित्रता कता हरायो, कि बुद्ध जन्म जन्मेको देशमा बुद्धिको किन अनिकाल भयो आज? मैले त केही बुझिन,मलाई माफ गरिदेउ नेपाल आमा।

पुजीवादी समाजको सभ्यतामा देश ढल्दैछ, सबै कुरा पुजीमा चल्दैछ,पुजीले कयौंको जीन्दगी मोजमा चल्दैछ त कयौंको बोझमा, कोहि रोडमा छन त कोहि करोडमा। कति लुटिएकाछन, कति जुटिएका छन,कति फुटिएकाछन ,कतिका सम्बन्ध हरू टुटिएका छन ।कोही महलमा सयल गर्दैछन ,गरिबहरू त्रिर्पाल मुनि मुन्टो लुकाउदैछन, कसैलाई पिजार बर्गर पचेको छैन कसैको २-४ छाकनै अन्न पेटमा पसेको छैन,श्वास हुईन्जेल सम्म आश हुने रहेछ कति को आसमा नै जीन्दगी लासमा परिणत हुदाँ पनि गहभरि आँसु बनाउनु बाहेक केही गर्न सकिन,माफ गरिदेउ मलाई नेपाल आमा। न्याय नपाए गोर्खा जानू भने कथन पनि माटोमै मिल्यो। न्यायलय मरेको छ, मलाई पिर परेको छ, पिर गर्नुबाहेक केही गर्न सकिन मलाई माफ गरिदेउ नेपाल आमा।

भारत बाट दुई पाटी काङ्ग्रेस र एमाले भारतको डिजाइन उत्पति भयो कथित क्रान्तिको भ्रमको खेति गरे देश सके।

२००४ साल कात्तिक १५ गते “अखिल भारतीय नेपाली राष्टिय काङ्ग्रेस” २००६ साल माध १२ गते कलकत्तामा” नेपाली काङ्ग्रेस” को स्थापना वि पी गरे।२००६ साल बैशाख ८ गते पुष्पलाल श्रेष्ठले “नेपाल कम्युनिस्ट” स्थापना गरे र २०५१ फाल्गुन १ बाट माअोवादी पाटी गठन र त्यसपछिका स-साना पाटी खोलेर विभिन्न कालखण्डमा शान्ति को लागि भन्दै कथित क्रान्ति गरे रअ, सिआईए र युरोपियन युनिएनका बिचार र पैसामा तिम्रो अस्मितालुटे, नाङ्गै पारे, झोलेहरूले यसको हिसाब किताब तिमी आफै राख्नु समय आयो भने माग्नेछु नेपाल आमा, मलाई चाहिँ माफ गरिदेउ नेपाल आमा।


विशाल नेपाल पुर्वमा टिष्टा र पश्चिमा कागडा सम्म तिम्रो अधीन चल्थो आज पुर्वमा मेची पश्चिममा महाकाली सम्म आयौ,विभिन्न कालखण्डमा बेचेर खाए तिम्रा पुत्रहरूले ।

मातृकाले कोशी बेचे,विपीले गण्डकी ,गिरिजाले महाकाली अरूले नेपालको ३० भन्दा वढी उधोग स्वाहा पारे।२०६२ मङ्सिर ७ गते १२ बुदे डिल्लामा १९५० जुलाई ३१ को सन्धीले नेपालको भु-भाग गुम्यो,१८१६ मार्च ४ तारिख मा सुगौली सन्धी लादियो विभिन्न समय र कालखण्डमा कोशी हाईड्याम, महाकाली, लिपुलेक -कालापानी, लिम्पियाधुरा ,७१ स्थानमा ६०६६२ हेक्टर मा आफ्नो अधिकार जमायो तिम्रै कुपुत्र छोराहरू आफ्नो ब्यक्तिगत स्वार्थमा MCC, इन्डोप्यासिफिक स्टाटजी आदि पास गरेर राष्ट नै सक्दा पनि म चुपचाप बसिरहेको छु, म नामर्द छोरो,मलाई माफ गरिदेउ नेपाल आमा।


प्रचण्ड र बाबुरामको कथित भए आफ्न्तावाद र एपेक संस्थाले लगानी गरेर नर्वे सम्म पुर्यायो, चिनले थाहा पायो र उतानो फर्काईदियो कति लिए यी दुईले। केपि ओलिको राष्टवाद एसिया प्यासिफिक सम्मेलनमा मा १ लाख डलरको पुरस्कारमा र मानार्थ सम्मान बाटै मोदी सानो राजनीतिक मै उतानो टाङ लगाईदिए। शेर बहादुर र गगन थापाको खोक्रो राष्टवाद MCC मा अमेरिकाले बोक्रो नाङ्गै पार्यो। दुईतिहाईको सरकार पनि MCC ले खाईदियो, प्रतिपक्षी पाटीलाई भैंसी किन्दा पाडो उपहार पर्यो अनि शेर बहादुरले MCC अनुमोदन गर्यो। वाईड बडी शेर बहादुरको सालो भूषण राणाले खाए चुडामणि शर्मा कता गए? विप्लव दाजुले मलाई नि देउ भन्दै बम पढकाए। लोकमान सिंह कार्की सदाको लागि विदेशीय।नेपालीले भाडामा भएनि वाईड वडी पाए,।३३ किलो सुन कता गयो? विचरा गेरेको जेलमा विजोग भयो, मन मेरो सार्हौ रोयो। गगनले बाख्रापालन गरेर अनुदान खाए MCC मा कति करोड पचाए? गोकुल बास्तोला कता हराए ७० करोड पचाएकि नाई? बिष्णु पौडल कता छन बालुवाटार जग्गा बिक्रीमा छ कि छैन दले दाईले किन्ने कुरा गर्दै थिए। नेपाली राजनितिमा अहिले रअ, सिआईए र युरोपियन युनियनको एजेन्टको खोक्रो राष्ट्रवाद चल्दैछ यसको नाङ्गो नाच हेर्न तयारीमा रहनुस नेपाल आमा र सन्तानहरू यो अलि मज्जाको नाच हुने छ ,साधुको भेषमा जात्रा, म त दर्शक हुँ, मलाई माफ गरिदेउ नेपाल आमा।

यता कर वहादुर ले किन्दैछ,एनसेलले कर छल्छ ७५-८० अर्व, विनोद चौधरी पनि के मा कम छन र? करछलि काण्डमा,महाकाली सम्झौता मा के भनेका थियौ कति पैसा आयो र कसले खायो ? शेर वहादुर देउबा जीलाई सोध्नुस त। कोशीले के पायो? एउटा पुल नेपालको भागमा ,भारतको विहारमा खेतिले सिचाइ पायो रे। लिपुलेक-कालापानी , लिम्पियाधुराले के पायो?तिमीले केही नपाए पनि देशले चाहिँ ८-१० ओटा प्रधानमन्त्री पायो, तिम्रो नै छोरा/ छोरीहरू मोटायो,मैले चाहिँ नयाँ चुच्चे नक्सापाए र रमाए बाकी सिन्को भाच्न सकिन माफ गरिदेउ मलाई नेपाल आमा।

माफ गरिदेउ ज्ञात-अज्ञात वीर सहिदहरू तिम्रो वलिदानले सुकिलामुकिलाहरू सहरमा रहरसगँ मस्ति गर्दैछ, तिम्रा आँसु मलाई नलागुन तिम्रा मालिकलाई मैले केही गर्न सकिन माफ गरिदेउ मलाई वीर सहिदहरू।म अनजान नेपाली।

पैसा, मासु र चिउरामा भोट बेच्ने मतदाताहरू,आफ्न्तावाद ,नातावाद,कृर्पावाद र पुजीवादलाई जिन्दवाद भन्नेहरू, बुझेर भोट नदिने नेपालका मतदाताहरू ,पाटीका झोले र अन्धाभक्तहरू माफ गर्नुहोला मैले त देख्दादेख्दै केहि गर्न सकिन ,तिम्रो आँसु र पिडामा मलम लगाउन सकिन माफ गरिदेउ मलाई नेपाल आमा।

भष्टचारिले ढुबेको देश, न्याय मरेकोदेश, सत्यता हराएका मान्छे, नैतिकता हराएका मान्छे, मानवता हराएको मानव, लाज पचेक मानव, सोझा र झ‍ोले प्रजा, श्री ७ सरकार,कर्तव्य विर्सिएका कर्मचारी, प्रधानपञ्च जस्ता प्रशासकिय कर्मचनरी, सेतोकोटको बदनाम गर्ने डाक्टर, कालो क‍टको बदनाम गर्ने वकिल,पेटीकोटको बदनाम गर्ने महिला,कलियुगका नवराजाहरू को जयहोस, नेपाल आमाको त होस कि नहोस ।मुखमा राम राम होस,बगलीमा छुरा होस् ,पूरा गर्न नसक्ने कुरा होस।यत्रो विचलन हुदाँ पनि मौन बस्ने म जस्तै छोरा होस।

मलाई माफ गरिदेउ नेपाल आमा मैले यतिको रमिता देख्दादेख्दै रमिते बनेर बसे जान्दा जान्दा बचाउन सकिन किनकी तिमी ३ ओटा शक्तिको चक्र विउमा फस्यौ।मलाई मेरो नैतिकताले तिम्रो लिलामी गर्नदिएन, यदि म यो ३ ओटा शक्ति बाट आए भनी केही गर्नै सक्दिन, बाहिरबाट आउने सम्भावना देखिन आएपनि काम गर्न दिदैनन नत्र फेरि मदन र विरेन्द्रको हालत हुन्छ, माफ गरिदेउ नेपाल आमा म तिम्रो कायर छोरा तिमीलाई बचाउन सकिन।

सतीले सरापे देश नेपाल।
जय नेपाल आमा।
जय देश

स्वतन्त्र लेखक हुँ,समाजमा जे देख्छु त्यहि लेख्छु,वास्तविक तितो हुन्छ सबैलाई पाच्यनहुन पनि सक्छ मेरा लेखहरू शब्द छनोट पनि सामान्य र ठाडो छ ।

✍️रूपेश कार्की (बद्री प्रयास) साहित्यकार तथा लेखक

रूपेश कार्की (बद्री प्रयास)

✍️रूपेश कार्की (बद्री प्रयास) साहित्यकार तथा लेखक

प्रतिक्रिया