सुरेश वाग्लेको शब्द तथा सरोज खनाल निर्देशित चलचित्र ‘बगान’ को गीत सार्वजनिक

इनेप्लिज २०७९ कार्तिक १५ गते २२:४० मा प्रकाशित

अमेरिकाको बोस्टन क्षेत्रमा बस्दै आएका चर्चित गीतकार सुरेश वाग्लेको शब्द तथा कलाकार सरोज खनाल निर्देशित फिल्म ‘बगान’ को गीत सार्वजनिक भएको छ ।

सरोज खनाल डेब्यु निर्देशित फिल्म ‘बगान’को गीत सार्वजनिक भएको छ। गत सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ‘उडी छुनु छ आकाश’ बोलको गीत सार्वजनिक गरिएको हो।

बानिका प्रधानको स्वर रहेको गीतमा सुरेश वाग्लेको शब्द र हरि लम्सालको संगीत छ। गीतको अङ्कियदृश्य (भिडिओ)मा सरोज खनाल, करिश्मा मानन्धर, मिथिला शर्मा र प्रमिला कार्की रहेका छन् ।

उक्त अङ्कियदृश्यमा करिश्मा एकल आमाको भूमिकामा प्रस्तुत छिन् भने प्रमिला छोरीको भूमिकामा देखिएकी छन्।

गीतकार सुरेश वाग्लेको निर्माण रहेको चलचित्रमा करिश्मा, सरोज, मिथिला, प्रमिलासँगै नीर शाह र बसुन्धरा भुसालको अभिनय रहेको छ। चलचित्रमा करिश्माका पति विनोद मानन्धर कार्यकारी निर्माता छन्।

चलचित्रलाई नारायण जिसी र उत्सव दाहालले छायांकन गरेका छन् भने सन्देश शाहले सम्पादन गरेका हुन्।

चलचित्र ‘बगान’ फागुन १२ गतेदेखि प्रदर्शन हुनेछ।

प्रतिक्रिया