नेवाः गुठि द्वारा दिवंगत  शताब्दी पुरुष  सत्य मोहन जोशी को १३औं पुण्य तिथीको दिनमा श्रदान्जली कार्यक्रम

इनेप्लिज २०७९ कार्तिक १४ गते ३:२७ मा प्रकाशित

टोरोन्टो, क्यानेडियन नेवाः गुठिले दिवंगत वाङ्गमय शताब्दी पुरुष, नेपाल राष्ट्रका धरोहर सत्य मोहन जोशीको १३औं पुण्य तिथीको दिनमा भर्च्युअल रुपमा श्रदान्जली कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रममा श्रदान्जली ब्यक्त गर्नु हुदै गुठिका अध्यक्ष प्रकाश लाल प्रधानले आफूले सानो बेलामा देख्दा नै उहाँ सौम्य र भद्र देखिनु हुने सम्झना गर्दै उहाँको निधनले मुलुकले एकजना शालिन संस्कृतिबिद तथा सम्पदाबिद गुमाएको छ भन्नु भयो ।

गुठिका महासचिब बिमल श्रेष्ठले आफू बि.सं २०१८मा नेपाल गएको बेलामा उहाँ जस्तो युग पुरुष संग भेटने मौका पाएको र भेटमा गुठिले सस्कृति संरक्षणमा राम्रो काम गरिरहेको बताउनु हुदै नेपालभाषा र संस्कृतिको सम्बर्द्दन र संरक्षणको लागि सबैले एकजुट भएर कार्य गर्नु पर्ने र सो कार्य हामीले नगरे कस्ले गर्छ भनि भन्नु भएको सम्झना गर्नु भयो। साथै उहाँलाई क्यानडाबाट लगिएको गुठिको सम्येबजि कार्यक्रमको टी-शर्ट उपहार दिंदा सो टी-शर्ट लगाएर फोटो खिचाएको फोटो गुठिको समबेदना पत्रमा राखिएको बताउनु भयो।

गुठिका कार्यसमिति सदस्य डा. कृष्ण कायस्थले दिवंगत सत्य मोहन जोशीका जीबन र योगदान बारे कबिता बाचन गर्नु भयो भने उहाँले आफू द्वारा लिखित पुस्तक “नेवाः संस्कृति र संस्कार” २०६३ सालमा उहाँको करकमलबाट बिमोचन गर्न पाएको जीबनको अबिस्मरणिय क्षण भएको भन्नु हुदै श्रदा सुमन अर्पण गर्नु भयो।

कार्यसमितिका अर्का सदस्य डा. प्रज्वल प्रधानले आफू सानो बेलामा उहाँलाई धेरै पटक देखेको सम्झना गर्नु हुदै उहाँ धेरैनै प्रकृतिबादी रहेको र उहाँको सक्रियतामा नेपालका धेरै पुरातात्विक सम्पदाको संरक्षण र सम्बर्द्दन हुनुको साथै पुरातात्विक एवम अन्य संस्ठाहरु स्थापना भएको बिषयमा प्रकाश पार्नु भयो ।

गुठिका कोषाध्यक्ष राजेन्द्र महर्जनले उहाँको निधन पछि पूरै सामाजिक संजाल उहाँको बिषयमा छाएको भन्नु हुदै नेवाः समुदायको ब्यक्ती भएता पनि धेरै गैह्र नेवाः हरुले पनि उहाँको देन बारे प्रकाश पार्दै आलेखहरु लेखिएको बाट उहाँ राष्ट्रिय ब्यक्तित्व भएको प्रमाणित हुन्छ भन्नु भयो। साथै अर्को बर्ष नेपाल जादा उहाँ संग भेटने ईच्छा कहिले पनि पूरा नहुने भएको बताउनु भयो।

सामाजिक अभियन्ता ज्योती बैद्यले नम्र, सरल र बौद्दिक ब्यक्तित्व शताब्दि पुरुषको अबसानले देशले ऐतिहासिक ब्यक्तित्व गुमाएको भन्नु हुदै उहाँ प्रति हार्दिक श्रद्दा अर्पण गर्नु भयो। त्यसै गरि गुठिका पूर्ब महासचिब प्रदीप लाल श्रेष्ठले उहाँको भनाई “चिन्ता नगर्नु, चिन्तन गर्नु” अमर बाणीको रुपमा परिभाषित भैसकेको बताउनु हुदै उहाँको आत्माको चीर शान्तिको कामना गर्नु भयो।

नेपाल सरकार,बनस्पति बिभागका पूर्ब महानिर्देशक डा. तारकेस्वरी राजभण्डारीले आफ्नो बुबा केशर बहादुर आचार्य र दिवंगत शताब्दी पुरुष लगायत ५ जनाको अनुसन्धान समूहलाई पंचपाण्डब भन्ने गरेको सम्झना गर्नु हुदै आफूले लेखेका केहि लेख/संगालोहरु शताब्दी पुरुषलाई देखाउदा “तिमिले अब किताब नै लेख्नु पर्छ ” भनी आफूलाई प्रेरणा दिनुभएको सम्झना गर्नु भयो। गुठिका “मिसा पुचः” संयोजक रन्जना सैन्जुले आफूले शताब्दी पुरुषलाई भेटन मौका नमिलेको तर आफ्नो बुबाको उहाँ संग राम्रो सम्बन्ध रहेको बताउनु भयो।

गुठिका उपाध्यक्ष उत्तम माकःजुले दिवंगत सत्य मोहन जोशी प्रतिश्रद्दा सुमन ब्यक्त गर्नु हुदै उहाँ “दिनुको मज्जा लिनुमा हुदैन” भन्ने भाबनाबाट उत्प्रेरित ब्यक्तित्व भएकोले आफैले मातृभूमिको कुना काप्चा पुगेर अनुसन्धान गर्ने उहाँको अभ्यास हो भन्नु भयो। शताब्दी पुरुष सस्कृतिबिद, सम्पदाबिद, पुरातत्वबिद, भाषाबिद, प्रकृतिबिद, मुद्रा बिशेषज्ञ ईत्यादिको तारापुन्ज मात्र नभएर मृत्यु पश्चात आफ्नो अङ्गदान गरेर अरुको भलाईको लागि एउटा क्रान्तिकारी उदाहरण पनि दिनु भयो। सम्पदाको संरक्षण गर्दा गर्दै आफै सम्पदा भएर दिवंगत हुनु भएका शताब्दी पुरुषको साँचो अर्थमा सम्मान गर्ने हो भने सरकारले उहाँको अधुरो कामलाई पूर्णता दिनु पर्छ, उहाँले थप्नु भयो। सो श्रदान्जली कार्यक्रममा दिवंगत युग पुरुषको आत्माको चीर शान्तिको लागि एक मिनेट मौन धारण गरिएको थियो।

प्रतिक्रिया