आउछौ कि भनेर बाटोभरि झिलिमिलि……..

इनेप्लिज २०७९ कार्तिक ८ गते ९:४५ मा प्रकाशित

आउछौ कि भनेर बाटोभरि झिलिमिलि दिप बालेको छु
समधुर मिलनको आशामा बाटो हेरी बसेको छु

मैले कहिले नदेखेकि उनको चन्द्रमुखि अनुहार रहेछ
यो भेटमा उनले मलाई हासेर बोलाएको छ
उनको मायामा रम्ने मायालु अनुहार छ
बल्लबल्ल आज मेरो उनि सँग भेट भएको छ

आउछौ कि भनेर बाटोभरि झिलिमिलि दिप बालेको छु
समधुर मिलनको आशामा बाटो हेरी बसेको छु

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया