सोच्छु जिबनको मेरो………

-गोबिन्द राज ओझा (राजन)   २०७९ कार्तिक ७ गते १०:०५ मा प्रकाशित

सोच्छु जिबनको मेरो कथाको बारेमा   

बसन्त ऋतु र प्रकृतिको बारेमा

जिन्दगिको गहिराईबाट आफुलाई हेर्छु  

हर रात सपनिमा तिमिलाई देख्छु   

यो मुटुमा बास गर्ने उनि नै थिईन एक     

उपहार दिन भनेर फुलहरु ल्याईन अनेक

केहि कुरा भन तिमिलाई थाहा भएको

मन मुटु बाट भन्नलाई आतुर भएको

यो दिललाई सम्झाउन गाह्रो छ यहाँ

सोच्छु जिबनको मेरो कथाको बारेमा

-गोबिन्द राज ओझा (राजन)       

दिपायल सिलगढी न.पा.२ दिपायल डोटी    

प्रतिक्रिया