महेन्द्र यादवको दाबी : यसपटक रघुवीर महासेठ मसँग नराम्रोसँग हार्दै हुनुहुन्छ (भिडिओसहित)

इनेप्लिज २०७९ कार्तिक ४ गते १:३८ मा प्रकाशित

काठमाडौं, ३ कार्तिक । नेपाली कांग्रेसका सह-महामन्त्री एवम् धनुषा-४ का प्रतिनिधिसभाका उम्मेदवार महेन्द्र यादवले आफूले चुनाव जित्ने दाबी गरेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि यसपटक आफ्नो प्रतिष्पर्धा त्यति कडा नभएको उनको भनाई छ ।

आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले कांग्रेससहितको गठबन्धनको भोट ४५ हजार रहेको र आफ्नो मुख्य प्रतिष्पर्धीको रुपमा रहेका एमाले सचिव रघुवी महासेठको भोट जम्मा २२ हजारमात्रै रहेको बताए ।

उनले भने,”हाम्रो अहिले ४५ हजार मत छ, उहाँ (रघुवीर) जीको २२ हजार मत छ । अनि कसरी उहाँले जित्नुहुन्छ त ?” उनले महासेठलाई राजनीतिक रुपमा बुझेको व्यक्तिको रुपमा आफूले नठानेको पनि चित्रण गरे । यादवले यसपटकको निर्वाचनमा महासेठ आफूसँग नराम्रोसँग पराजित हुन लागेको दाबी गरे । उनले महासेठले ०७४ मा जितेर गएपछि सो क्षेत्रको विकासको लागि केही पनि काम नगरेको आरोप लगाए ।

प्रतिक्रिया