अन्तर्राष्ट्रिय बेलवारी बुद्ध एयर फुटवल प्रतियोगिता– बिजेतालाई रु आठ लाख पुरस्कार

इनेप्लिज २०७९ कार्तिक २ गते २२:४७ मा प्रकाशित

विराटनगर,२ कात्तिक । मोरङको बेलबारीमा रहेको डाँगीहाट युट क्लबले स्थानीय स्तरमा खेलकुद र खेलाडीहरुलाई प्रवद्र्धन र लागु पदार्थ दुब्र्यसन विरुद्ध जनचेतना जागृत गराउन अन्तर्राष्ट्रियस्तरको फुटवल प्रतियोगिता आयोजना गर्ने भएको छ।

क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही कात्तिक १५ गतेदेखि २३ गतेसम्म ‘पाँचौ बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय फुटबल’ प्रतियोगिता लक्ष्मी माविको खेल मैदान बेलवारीमा गर्ने भएको छ ।

प्रतियोगितामा नेपाल र भारतका गरी १० टिमको सहभागिता हुने क्लवका अध्यक्ष बिक्रम राईले बताउनुभयो ।

सशस्त्र प्रहरी बल , युनाइटेड ब्रदर्श कालिम्पोङ्ग भारत, एभिनियर फुटबल क्वब क्यामरुन(अफ्रिका), आमुक्त परिवार पश्चिम बङ्गाल भारत,रोलिङ एफसी झापा, पेम्बा युथ क्लब विराटनगर, डाँगीहाट युथ क्लब मोरङ बेलबारी, साहारा क्लव पोखरा, सहलेस युथ क्लब सिरहा र राजारानी फुटबल क्लव धनकुटा टिमको प्रतियोगितामा सहभागिता रहने छ ।

प्रतियोगितामा बिजेता हुने टिमलाई रु आठ लाख एक हजार, उपबिजेता टिमलाई रु चार लाख एक हजारका साथै सर्वोत्कृष्ट खेलाडीलाई रु २५ हजार, उत्कृष्ट गोलकिपरलाई रु १५ हजार र विभिन्न विधामा उत्कृष्ट हुने खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कारको व्यवस्था गरिएको क्लवका प्रवक्त्ता नरेन्द्र बस्नेतले जानकारी दिनु भयो ।

उक्त प्रतिगिताबाट रु ६१ लाख ९० हजार आम्दानी तथा रु ५२ लाख ६१ खर्च हुने अनुमान आयोजकले गरेको छ।

प्रतिक्रिया