मोरङमा निर्वाचनको तयारी

इनेप्लिज २०७९ कार्तिक २ गते २२:३३ मा प्रकाशित

विराटनगर, २ कात्तिक(रासस): आसत्र प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मोरङमा कुल सात लाख ३५ हजार ५२५ जनाले मतदान गर्ने प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

जसमा पुरुषको सङ्खया तीन लाख ७४ हजार ३२६ र महिलाको सङ्ख्या तीन लाख ६१ हजार १९३ छन् । छ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा निर्वाचन क्षेत्र नं १ मा एक लाख २३ हजार ६१५ मतदाता छन् भने सोही क्षेत्रमा प्रदेश सभामा मतदान गर्ने ‘क’मा ६४ हजार ४८२ र ‘ख’मा ५९ हजार १३३ मतदाता छन् ।

निर्वाचन क्षेत्र नं २ मा एक लाख २४ हजार ७२९ मतदाता छन् भने सोही क्षेत्रमा प्रदेश सभाका लागि ‘क’ ६१ हजार ५८ र ‘ख’मा ६३ हजार ६७१ मतदाता छन् ।

निर्वाचन क्षेत्र नं ३ मा एक लाख ४९ हजार ८३३ मतदाता छन् भने प्रदेश सभा तर्फ ‘क’मा ७५ हजार ३९३ र ‘ख’मा ७४ हजार ४४०, निर्वाचन क्षेत्र नं ४ मा एक लाख १० हजार ९३ मतदाता छन् भने प्रदेश सभा तर्फ ‘क’मा ५७ हजार ३९० र ‘ख’मा ५२ हजार ७०३, निर्वाचन क्षेत्र नं ५मा एक लाख ४९४ मतदाता छन् भने प्रदेश सभा तर्फ ‘क’मा ४७ हजार ४५५ र ‘ख’मा ५३ हजार ३९ तथा निर्वाचन क्षेत्र ६ मा एक लाख २६ हजार ७६१ मतदाता छन् भने प्रदेश सभा तर्फ ‘क’मा ७८ हजार ९६४ र ‘ख’मा ४७ हजार ७९७ मतदाता रहेको कार्यालयले जनाएको छ ।

कुल ३०६ मतदान स्थल र ८३९ मतदान केन्द्र रहेको मोरङमा ५० वटा अतिसम्वेदनशीलर ११४ वटा सम्वेदनशील मतदान स्थलमा वर्गीकरण गरी सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाउने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो ।

उहाँले निर्वाचनलाई निस्पक्ष, भयरहित, स्वच्छ, स्वतन्त्र एवं मर्यादित बनाउन हरसम्भव प्रयास जारी रहने भन्दै निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारीहरु परिचालन गरी सुरक्षाको तीन घेरा रहने बताउनुभयो ।

एक मतदान केन्द्रमा आठ देखि १२ जना राष्ट्रसेवक कर्मचारी परिचालन हुने व्यवस्था पनि भएको प्रजिअ दाहालले जानकारी दिनुभयो ।

मुख्यनिर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले निर्वाचन निस्पक्ष, धाँधलीरहित, स्वच्छ वातावरण एवं मर्यादित रुपमा सम्पत्र गर्न निर्वाचन आचार संहिताको भूमिका महत्वपूर्ण छ भत्रुभयो ।

उहाँले आचार संहिताको प्रभावकारी कार्यान्वयनमा राजनीतिक दल, सुरक्षा निकाय, राष्ट्र सेवक कर्मचारी एवं सर्वसाधारणले पनि विशेष ध्यान दिनु पर्ने कुरामा जोड दिनुभयो ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन कास्यप अधिकारीले राजनीतिक दलहरुको सहमतिमा तयार पारिएको निर्वाचन आचार संहिता सबैले पालना गर्नु पर्ने बताउनुभयो ।

मोरङमा प्रतिनिधिसभा तर्फ ६ स्थानका लागि १०५ जना र प्रदेश सभातर्फ १२ स्थानका लागि ११० जना बीच प्रतिस्पर्धा हुने भएको छ ।

यसैगरी, मतदान स्थलमा बिजुली, खानेपानी, टेलिफोन, शौचालय पूर्ण व्यवस्थासँगै सो स्थानको सरसफाईमा विशेष ध्यान दिन निर्वाचन अधिकृत तथा पालिकाका प्रशासकीय अधिकृतलाई प्रजिअ दाहालले निर्देशन पनि दिनुभएको छ ।

प्रतिक्रिया