आंखै अगाडी पोखरामा प्याराग्लाइडिङ खस्यो प्रतिस्पर्धी खेलाडीको गयो ज्यान, देख्नेले खोले यस्तो कुरा

इनेप्लिज २०७९ असोज ३० गते २३:२९ मा प्रकाशित

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक खेलाडीको ज्यान गएको छ । प्याराग्लाइडिङ खेलको क्रममा दुर्घटनामा परी नेपाल आर्मी टोलीका निसिम थापाको ज्यान गएको हो ।

पोखरा १०, हस्पिटलचोक घर भएका २६ वर्षीय निसिमलाई उपचारका लागि सिर्जनाचोक स्थित मेट्रोसिटी अस्पताल लगिएकोमा पौने १ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको हो ।

प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाईडिङ खेलमा सहभागी निसिमले ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ उडाइरहेका थिए । पोखरा १८ सराङकोट माथिको आकाशबाट उनी पूर्वान्ह साढे ११ बजेतिर अन्दाजी १०० मिटर माथिबाट अनियन्त्रित भई भुुईंमा खसेको कास्की प्रहरीले जनाएको छ। के भन्छन आंखै अगाडी देखेका स्थानिय हेर्नुहोस भिडियोमा

प्रतिक्रिया