टंक पन्त । काठमाडौ । शताब्दि पुरुष सत्यमोहन जोशीको दुखद निधन भएको छ । उहांको मृत्युसंगै एक युगकै अन्त्य भएको बिद्धानहरुको तर्क छ । ललितपुरको किष्ट अस्पतालमा तीन सातादेखि उपचााररत रहनुभएका सत्यमोहन जोशीको आइतबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
उहां लामो समय देखि पोष्टेड तथा मुटुको समस्याबाट पीडित हुनुहुन्थ्यो तर पछिल्लो समय उहां डेंगोको संक्रमण भएपछि अस्पताल भर्ना हुनुभएको थियो । डेंगोसंगै शताब्दि पुरुष जोशीलाई निमोनियाले पनि अफ्ट्यारो पारेको थियो ।
उहांमा कमजोरी देखिदै गएपछि असोज ७ गते अस्पताल भर्ना गरिएको थियो । उहांलाई किष्ट मेडिकल कलेजले निशुल्क उपचार गर्देै आएको थियो किष्टले निशुल्क नगरेको भए सरकारले नै सम्पुर्ण उपचार खर्च ब्यहोर्ने जानकारी परिबारलाई गराएको थियो ।
पाटन दरबार नजिक बखुम्बहाल निबासी संस्कृतविद जोशी २०१२ सालमा स्थापित मदन पुरस्कार २०१३ सालमा पहिलो पटक र तीन पटक सम्म पाउने एक मात्र ब्यक्ति हुनुहुन्छ । उहांका कृतिहरु हम्रो लोकसंस्कृतिले २०१३ सालमा , नेपाली राष्ट्रय मुद्राले २०१७ सालमा र कर्णाली लोक संस्कृतिले २०१८ सालमा मदन पुरस्कार प्राप्त गर्नुभएको थियो ।
जोशीको जन्म शताब्दिको अबसरमा नेपाल सरकारले एक हजार रुपियांको चादीको सिक्का र १० रुपियांको हुलाक टिकट समेत प्रकाशित गरेको थियो । जोशी १ सय बर्ष पुग्नुभएको दिन ललितपुर महानगरपालिकाले सार्बजनिक बिदा दिएको थियो ।
ललितपुर महानगरपालिकाले जोशीलाई निशुल्क सवारीसाधन र सुरक्षा उपलब्ध पनि गराउदै आएको थियो । २०७१ सालमा त्रिमुर्ति निकेतनले उहांलाई शताब्दिपुरुषको सम्मान दिएको थियो । नेपाल सरकारको निर्णय अनुसार तत्काललिन उपप्रधानमन्त्री बामदेब गौतम कानुनमन्त्री नरहरि आचार्यले संयुक्त रुपमा जोशीकै उचाई बराबर पांच फिट अग्लो सप्तनाग जडित ताम्रपत्र र पांच नगद सहित शताब्दि पुरुषको उपाधि प्रदान गर्नुभएको थियो ।
२०७० सालमा उहां पदमश्री साधनाबाट सम्मानित पनि हुनुभएको थियो । नेपाल सरकारले उहांलाई सबिधान दिबसको अबसरमा यसै बर्ष राष्ट्रगौरबबाट मानपदवी पनि प्रदान गरी सम्मान गरेको थियो ।
उहांको निधन प्रति राष्ट्रपति बिधा भण्डारी , प्रधानमन्त्री शेरबाहदुर देउवा , प्रमुख राजनीतिक दलका नेताहरु , पुर्ब प्रधानमन्त्रीहरु , साहित्य क्षेत्रका प्रतिष्ठित संस्थाहरु , ब्याक्तित्वहरु , लेखनकुञ्ज घोष्टराइटिङ नेपाल, नई प्रकाशन , दायित्व वाङमय प्रतिष्ठान , नेपाल प्रज्ञा प्रतिष्ठान लगायतका साहित्य , लेखन क्षेत्रले जोशीको निधनले सिंगो देश र साहित्य लेखन क्षेत्र स्तब्ध भएको भन्दै राष्ट्रले युग पुरुष गुमाउनु परेको भन्दै हार्दिक श्रद्धान्जलि ब्यक्त गरेका छन ।
प्रतिक्रिया