दिदी-बहिनी समाज भिक्टोरियाद्धारा मेलबर्न म्याराथन महोत्सबमा ऐतिहासिक सहभागिता

इनेप्लिज २०७९ असोज १७ गते ९:४३ मा प्रकाशित

२ अक्टोबर, मेलबर्न: नेपाली समुदायको तर्फबाट दिदी-बहिनी समाज भिक्टोरियाद्धारा मेलबर्न म्याराथन महोत्सब २०२२ मा संस्थागत रुपमा पहिलो पटक ऐतिहासिक सहभागिता जनाएको छ । उक्त महोत्सबमा नेपाली समुदायले Nepalese Runners and Walker को नामबाट सहभागिता जनाएको थियो । अन्तरराष्ट्रिय स्तरको खेलको लागि एक लाखभन्दा बढी क्षमता भएको मेलबर्नको मेलबर्न क्रिकेट ग्राउन्डमा उक्त महोत्सबका लागि सहभागिता जनाएका करीब ३५ हजारका बीच नेपाली समुदायले शारीरिक र मानसिक स्वास्थ्य सचेतनाका लागि दिदी-बहिनी समाज भिक्टोरियाको समन्वयमा सहभागिता जनाएको हो ।

उक्त महोत्सबमा नेपाली समुदायका तर्फबाट ४२ किमी, १० किमी, ५ किमी, ३ किमी र हिंडाइ गरी ५ फरक फरक बिधामा ५० भन्दा बढीद्धारा सहभागिता जनाइएको थियो ।

यो महोत्सबमा दिदी-बहिनी समाज भिक्टोरियाले २०२० मा नै सहभागिता जनाउने योजना रहे तापनि कोभिडका कारण यो सम्भव हुन सकेको थिएन ।

कार्यक्रमको समाप्तीपछी यो कार्यक्रमको लागि संयोजनकारी भूमिका निर्बाह गरेका वरिष्ठ समाजसेवी रन्जन बैद्यले यो पटकको सहभागिताको क्रममा धेरै कमी कम्जोरीबारे पनि थाहा पाउन सकिएकोले आगामी बर्षमा ती कमी कम्जोरीहरुलाई न्यूनिकरण गर्दै अझै प्रभावकारी र भब्यताका साथ सहभागिता जनाउन सकिने विस्वास ब्यक्त गरे ।

दिदी-बहिनी समाज भिक्टोरियाकी उपाध्यक्ष प्रभा श्रेष्ठले आ-आफ्ना किसिमबाट कार्यक्रमलाई सहयोग गर्ने सबै धन्यवादका पात्र हुँदाहुँदै कार्यक्रमको लागि पहल गर्दादेखि अन्तसम्म निरन्तर महत्वपूर्ण भूमिका निर्बाह गर्ने संस्थाकी अध्यक्ष डा जमुना पराजुली र कार्यक्रमको लागि संयोजनकारी भूमिका निर्बाह गरी सफल तुल्याउन महत्वपूर्ण भूमिका निर्बाह गर्ने रन्जन बैद्य दुबै बिशेष धन्यवादको पात्र भएको भन्दै सबैका तर्फबाट आभार प्रकट गरिन ।

दिदी-बहिनी समाज भिक्टोरियाकी अध्यक्ष डा जमुना पराजुलीले संस्थाले आफ्नो ईतिहासमा बिभिन्न कोशे ढुंगा स्थापित गर्दै आएकोमा यो अर्को कोशे ढुंगा साबित भएको भन्दै यस्लाई सफल तुल्याउन सहयोग गर्ने सबै सहयोगी मन र हातहरुलाई संस्थाको तर्फबाट आभार प्रकट गर्दै आगामी बर्षमा यस्लाई अझै भब्यता साथ सफल तुल्याउन सबैको सहयोग यसरी नै प्राप्त हुने कुरामा विस्वास प्रकट गरिन ।

नियमित रुपमा आयोजना गरिने यो महोत्सब मार्फत जल्दाबल्दा समस्या समाधानका खातिर लागि कोष निर्माण गर्ने गरिन्छ ।

प्रतिक्रिया