वातावरण विनासलाई रोक्न नविकरणीय उर्जाको प्रयोग आवश्यक

इनेप्लिज २०७९ असोज १५ गते १९:२१ मा प्रकाशित

विराटनगर,१५ असोज । न्यून कार्वनको विकासको अवधारणा, वातावरणमा भइरहेको विनासलाई रोक्न र सचेतना जगाउन नविकरण उर्जाको स्रोत उपयोगका लागि आज यहाँ विद्युतीय साइकल एवं ट्रयाम्पो रिक्साको ¥याली निकालिएको छ ।

मोरङ,१५ असोज (रासस): विराटनगर महानगरपालिका र दिगो विकास इन्स्टिच्युट लगायतका १२ वटा संस्थाद्वारा संयुक्त्त रुपमा शनिवार विराटनगरमा आयोजित न्यून कार्वनको विकासको अवधारणा, वातावरणमा भइरहेको विनासलाई रोक्न र सचेतना जगाउने विद्युतीय सवारी साधन र्याली अभियानमा सहभागी हुँदै महानगर प्रमुख नागेश कोइराला लगायतहरु । तस्बिर : मनोज दाहाल ÷रासस

विराटनगर महानगरपालिका र दिगो विकास इन्स्टिच्युट लगायतका १२ वटा संस्थाद्वारा संयुक्त्त रुपमा आयोजित उक्त्त ¥यालीमा साइकल, विजुली रिक्सा लगायत अन्य विद्युतबाट सञ्चालन हुने सवारी साधन गरी दुई सय जनाको सहभागिता रहेको थियो । उक्त ¥याली महेन्द्र चोकबाट शुरु भै भट्टीमोड, महावीर चोक, भृकुटी चोक, गोश्वारा चोक, शहीद रङ्शाला, मेनरोड , भुमि प्रशासन चोक, रोडशेष चोक, बस पार्क हुँदै पुनः महेन्द्रका सम्पन्न भएको थियो ।

मोरङ,१५ असोज (रासस): विराटनगर महानगरपालिका र दिगो विकास इन्स्टिच्युट लगायतका १२ वटा संस्थाद्वारा संयुक्त्त रुपमा शनिवार विराटनगरमा आयोजित न्यून कार्वनको विकासको अवधारणा, वातावरणमा भइरहेको विनासलाई रोक्न र सचेतना जगाउने विद्युतीय सवारी साधन र्याली अभियानको महानगर प्रमुख नागेश कोइराला साइकल चढेर उद्घाटन गर्दै । तस्बिर : मनोज दाहाल ÷रासस

महानगरपालिका प्रमुख नागेश कोइरालाले साइकल चढी ¥यालीको उद्घाटन गर्दै मुलुकको समग्र विकासका लागि विद्युतीय सवारी साधन लगायत अन्य नविकरण उर्जाको प्रयोगबाट सञ्चालन हुने उपकरणको दैनिक जीवनमा प्रयोग गर्न नगरवासीहरुलाई आग्रह गर्नु भयो । उहाँले पेट्रोलियम पदार्थको अध्याधिक प्रयोग नियन्त्रण गरी वातवरणम भइरहेको ह्रास काम गर्न नविकरण उर्जाको प्रयोगले मुलुकको विदेशी मुद्राको सञ्चितमा वृद्धीभै वैदेशिक व्यापार घाटा कम हुनका साथै जनताको जीवनस्तर सुधार्न एवं विकास निर्माणमा सहयोग पुग्ने धारणा राख्नु भयो ।

संस्थाले महेन्द्र चोकमा आज अपरान्ह नविकरणीय उर्जाको प्रवद्र्धन र सचेतनाका लागि प्रर्दशनी आयोजना गर्ने भएको छ। प्रदर्शनीमा नविकरणीय उर्जाका क्षेत्रमा युवाहरुले गरेको अध्ययन र यसवाट सञ्चालित सवारी साधन, सोलार उर्जाकोवाट सञ्चालित उपकरण एवं वस्तुहरु राखिने भएको छ।

मोरङ,१५ असोज (रासस): विराटनगर महानगरपालिका र दिगो विकास इन्स्टिच्युट लगायतका १२ वटा संस्थाद्वारा संयुक्त्त रुपमा शनिवार विराटनगरमा आयोजित न्यून कार्वनको विकासको अवधारणा, वातावरणमा भइरहेको विनासलाई रोक्न र सचेतना जगाउने विद्युतीय सवारी साधन र्याली अभियानमा सहभागीहरु । तस्बिर : मनोज दाहाल ÷रासस

अभियानमार्फत नविकरण उर्जाको प्रयोग एवं जनचेतना जागरण सम्वन्धी कार्यक्रम वङ्गलादेश, पाकिस्तान, भारत, फिलिपिन्स, भेतनाम र इण्डोनेशियामा हुने इन्स्च्यिूटका अभिषक श्रेष्ठले जानकारी दिनु भयो ।

प्रतिक्रिया