खेलाडीको भविष्य सुनिश्चित गर्न रोजगार उपलव्ध गराउने– मुख्यमन्त्री राई

इनेप्लिज २०७९ असोज ८ गते १९:४३ मा प्रकाशित

विराटनगर,८ असोज ।

मोरङ,८ भदौ(रासस): प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई प्रदेश खेलकुद विकास वोेर्डद्वारा शनिवार विराटनगरको शहीदरंगशाला आयोजित ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता –२०७९ को ट्रफि अवलोकन सार्वजनिक कार्यक्रममा मन्तव्य व्यक्त्त गर्दै । तस्बिर : मनोज दाहाल ÷रासस

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता –२०७९ को ट्रफि अवलोकन सार्वजनिक विराटनगरको शहीद रङ्शालामा गर्नु भएको छ।

यही असोज २८ गतेदेखि गण्डकी प्रदेशको पोखरा हुने प्रतियोगितामा सबैभन्दा ज्यादा स्वर्ण पदक प्राप्त गर्ने टीमले उक्त ट्रफि प्राप्त गर्ने छन्।

मुख्यमन्त्री राईले प्रदेश खेलकुद विकास वोर्डद्वारा आज यहाँ आयोजित ट्रफि टुर अवलोकन कार्यक्रमको सार्वजनिक गर्दै प्रदेश सरकार खेलकुदको विकासका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण कार्य गरिरहेको बताउनु भयो ।

उहाँले खेलकुदमा आफ्नो जीवन समर्पित गरिरहेका खेलाडी, प्रशिक्षक एवं निर्णायकहरुको सेवा सुविधा थप्ने कार्य गर्ने बताउँदै उनीहरुको भविष्य सुनिश्चित गर्न रोजगारी उपलव्ध गराउने प्रतिवद्धता समेत व्यक्त्त गर्नु भयो ।

मोरङ,८ भदौ(रासस): प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई प्रदेश खेलकुद विकास वोेर्डद्वारा शनिवार विराटनगरको शहीदरंगशाला आयोजित ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता –२०७९ को ट्रफि अवलोकन सार्वजनिक गर्दै । साथमा आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्वा, सामाजिक विकासमन्त्री एवं खेलकुद विकास वोर्डका अध्यक्ष राजन राई एवं खेलाडीहरु । यही असोज २८ गतेदेखि गण्डकी प्रदेशको पोखरा हुने प्रतियोगितामा सबैभन्दा ज्यादा स्वर्ण पदक प्राप्त गर्ने टीमले उक्त ट्रफि प्राप्त गर्ने छन्।तस्बिर : मनोज दाहाल ÷रासस

मुख्यमन्त्री राईले शुन्यबाट उठेको प्रदेश सरकारले खेलकुदको विकासका लागि आवश्यक ऐन कानुन निर्माण गरि खेलकुद विकास वोर्ड गठन गर्नुका साथै जिल्ला समितिहरु निर्माण गरेको बताउनु भयो ।

उहाँले खेलकुद विकास वोर्डको सुझाव अनुसार राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरुलाई स्थानीय अस्पतालको समन्वयमा उपचारको व्यवस्था मिलाइएको धारणा राख्नु भयो ।

मुख्यमन्त्री राईले खेलाडी एवं प्रशिक्षकहरुलाई प्रतियोगितामा सहभागी हुन बजेटको कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त्त गर्दै राष्ट्रिय खेलकुदमा उच्च सफलता हासिल गरि प्रदेशको नाम उच्च राख्न आग्रह गर्नु भयो ।

वोर्डका सदस्य सचिव हंसराज वाग्ले प्रतियोगितामा प्रदेशले ३५ खेलको ३९७ इभेन्ट्समा भाग लिने जानकारी दिनु भयो ।

प्रतियोगितामा प्रदेशका ७०६ खेलाडी, ६६ प्रशिक्षक र ४८ कर्मचारी गरी ८२० जना सहभागी हुने छन् ।

उक्त ट्रफि अवलोकन सार्वजनिक कार्यक्रममा आर्थिक मामिला योजना मन्त्री ईन्द्रबहादुर आङ्वो, सामाजिक विकास मन्त्री एवं प्रदेश खेलकुद विकास वोर्डका अध्यक्ष राजन राई, खेलकुद विकास वोर्डका उपाध्यक्ष जीनाजङ्ग कार्की,ट्रफि टुरका संयोजक ओलम्पिक खेलाडी दिपक विष्ट र खेलाडी एवं प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया