अबको निर्वाचन वर्तमान सेनाहरु र भुतपुर्व सुरक्षाकर्मीहरुले गराउनुपर्छ 

इनेप्लिज २०७९ असोज ८ गते ९:५८ मा प्रकाशित

वर्तमान सेनाहरु र भुतपुर्व सुरक्षाकर्मीहरुले मंसिर ४ गते हुन लागेको निर्वाचन गराए भने हामी निर्वाचनमा भाग लिन्छौं तर असंवैधानिक गठबन्धनको सरकारले गराएको निर्वाचनमा हामी बाउ छोरी भाग लिदैनौ निर्वाचन बहिष्कार गर्छौं । असंवैधानिक गठबन्धनको सरकारले गराएको निर्वाचन निष्पक्ष हुँदैन र मुलुकले निकास पाउँदैन । गठबन्धनको सरकारले मंसिर ४ गते घोषणा गरेको निर्वाचनले मुलुकमा निकास आउँदैन । यसकारण हामी बाउ छोरीले निर्वाचन बहिष्कार गरेका छौं ।

समयमा महाभियोग टुंगो नलगाउनु गठबन्धनको सभामुख, सरकार र सांसदहरूको गल्ती हो । असोज १ गते रातीबाट संसदको कार्यकाल सकिएपछि प्रधानन्यायाधीश माथि लगाइएको महाभियोग स्वतः निष्क्रिय भएको छ । प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत हाजिर गर्न जाने क्रममा गठबन्धनको सरकारले जबरालाई रोक लगाई हस्तक्षेप गरी नजरबन्द गरेको छ । असंवैधानिक गठबन्धनको सरकार प्रतिगामी बनेकोछ । प्रतिगामी असंवैधानिक गठबन्धनको सरकारले गराएको निर्वाचन निष्पक्ष हुँदैन । गठबन्धनको सरकारले निर्वाचनमा बल प्रयोग र धाँधली गर्ने परिस्थिति देखिन्छ । गठबन्धनको सरकारले बल प्रयोग गरी धाँधली गरेको निर्वाचनमा मुलुकले निकास पाउँदैन । अबको निर्वाचन वर्तमान सेनाहरु र भुतपुर्व सुरक्षाकर्मीहरुले गराउनुपर्छ ।

मुलुक दोस्रो अंग न्यायपालिका माथी असंवैधानिक कामचलाउ गठबन्धनको सरकारले हस्तक्षेप गरी संविधानको समेत उल्लंघन गरेको छ त्यसैले विक्रम सम्वत २०७२ साल असोज ०३ गते जारी संविधान समाप्त भएको छ । एक त २०७२ सालको संविधान समाप्त भएको छ । अर्को तर्फ गठबन्धनको सरकार र सांसदहरू नै असंवैधानिक छ त्यसैले हामी बाउ छोरीले नै मंसिर ४ गते हुने निर्वाचन बहिष्कार गरेका छौं ।

गठबन्धनको सरकार नै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बनाइ दिएको हो । प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाएपछि महाभियोग लगाउने गठबन्धनको सरकार र सांसदहरू स्वतः असंवैधानिक छ । गठबन्धनको सरकारले गरेको हरेक निर्णयहरु पनि असंवैधानिक छ । प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाई निलम्बित गर्ने र संसदको कार्यकाल असोज १ गते सकिएपछि मुलुकको दोस्रो अंग न्यायपालिकाको सर्वोच्च अदालतको सर्वोच्च प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा हाजिर हुन नदिई नजरबन्द गरी राख्ने कामचलाउ गठबन्धनको सरकार र सांसदहरू असंवैधानिक छ ।

गठबन्धनको सरकार र सांसदहरू बनाउने समयमा प्रधानन्यायाधीश जबरा ठिक हुने गठबन्धनको सरकार र सांसदहरूको अनुकुलको कार्य नगरेकोले जबरालाई निलम्बित गर्ने गठबन्धनको सरकार र सांसदहरू कसरी जायज हुन सक्छ ? यसकारण गठबन्धनको सरकार र सांसदहरू असंवैधानिक छन । असंवैधानिक गठबन्धनको सरकारले गरेको निर्वाचनले मुलुकले निकास पाउँदैन । अब मुलुकमा सैनिक शासनको खाँचो रहेको छ र अबको निर्वाचन वर्तमान सेनाहरु र भुतपुर्व सुरक्षाकर्मीहरुले गराउनुपर्छ । वर्तमान सेनाहरु र भुतपुर्व सुरक्षाकर्मीहरुले निर्वाचन गराउने हो भने निर्वाचनमा भाग लिन्छौं । नत्र हामी बाउ छोरीले नै निर्वाचन बहिष्कार गर्छौं ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा र दिपिका शर्मा ।
मोबाइल नम्बर:९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया