जेलेन्स्कीद्वारा संयुक्त राष्ट्र संघलाई सुरक्षा परिषदमा रुसलाई भिटो (निषेधाधिकार)शक्तिबाट वञ्चित गर्न आह्वान

इनेप्लिज २०७९ असोज ५ गते २२:४७ मा प्रकाशित

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधबार रुसलाई भिटो(निषेधाधिकार) शक्तिबाट वञ्चित गर्न आग्रह गरेका छन्। रुस संयुक्त राष्ट्र सुरक्षा परिषद्का पाँच स्थायी सदस्यहरूमध्ये एक हो।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधबार संयुक्त राष्ट्र महासभाको सम्बोधनमा युक्रेनमा आक्रमण गरेकोमा रुसलाई सजाय दिन विशेष न्यायाधिकरण गठन गर्न आह्वान गरे ।

“रूसलाई दण्ड दिनको लागि एक विशेष न्यायाधिकरण बनाइनुपर्छ,” जेलेन्स्कीले संयुक्त राष्ट्र महासभामा आफ्नो पूर्व अभिलेखन (रेकर्ड) गरिएको भाषणमा भने।

युक्रेनले आफ्नो भूभागलाई मुक्त गर्न जारी राख्ने र सेनाले रुसी आक्रमणको विरुद्ध प्रतिआक्रामक कदम चालेको ,उनले भने ।

“हामी हाम्रो सम्पूर्ण क्षेत्रमा युक्रेनको झण्डा फहराउन सक्छौं। हामी हतियारको बलले यो गर्न सक्छौं, तर हामीलाई समय चाहिन्छ, “उनले महासभालाई दिएको सम्बोधनमा भने।

जेलेन्स्कीले युक्रेनमा आक्रमण गरेपछि रुसले गरेको अपराधको लागि “न्याय सजाय” माग गरेका छन्।

“युक्रेन विरुद्ध अपराध भएको छ र हामी न्यायको माग गर्दछौं। यो अपराध हाम्रो राज्यको सिमाना विरुद्ध गरिएको छ । अपराध हाम्रा जनताको जीवन विरुद्ध गरिएको छ ” जेलेन्स्कीले महासभालाई आफ्नो सम्बोधनमा भने।

प्रतिक्रिया