समाचारदाता
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले आफ्ना च्याप्टरहरूलाई केन्द्रसँग निरन्तर जोडने अवधारणा अन्तर्गत अनेसास उत्तर अमेरिका क्षेत्रमा पर्ने २२ च्याप्टरहरु मध्येका सक्रिय १७-१८ च्याप्टरहरूसँग विगत २ वर्षदेखि नियमित रूपमा हरेक महिनाको अन्तिम आईतवार गरिदै आएको च्याप्टर विशेष कार्यक्रमलाई निरन्तरता दिने कामको थालनी केन्द्र, बीओटी तथा च्याप्टरहरु बीच परिचयात्मक कार्यक्रमका साथै अनेसास उत्तर अमेरिका क्षत्रीय समिति गठन गरेर शुरू गरेको छ।
अनेसास उत्तर अमेरिका क्षेत्रका च्याप्टर अध्यक्षहरु: धर्मानन्द गौतम – अस्टिन च्याप्टर; दीपा राई पुन – बोस्टन च्याप्टर: तारा उप्रेती – क्यानड़ा च्याप्टर, पुष्कर पन्त – डि सी मेट्रो च्याप्टर, ईश्वर बगाले – सिकागो च्याप्टर, राजु सिटौला – कोलोराडो च्याप्टर, निर्मला राई – डाल्लस च्याप्टर, डा. अमर ब कार्की – फ्लोरिडा च्याप्टर, बासु पौड़याल – ह्युस्टन च्याप्टर, कमला न्यौपाने – क्यान्सस च्याप्टर, राजन महर्जन – न्यूयोर्क च्याप्टर, हरीमाया अधिकारी – न्युह्यामसार च्याप्टर, गीता बजागाइ – नर्थ क्यारोलिना लसएन्जेलस च्याप्टर – डोन कार्की तथ डिसी मेट्रो च्याप्टरका वरिष्ठ उपाध्यक्ष रजनी श्रेष्ठ र सदस्य रबिन्द्र भक्त श्रेष्ठ, डाल्लस च्याप्टर कोषाध्यक्ष – भवानी पाण्डे आदिको सहभागिता रहेको उक्त परिचयात्मक कार्यक्रममा अनेसास केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजा, बीओटी अध्यक्ष गीता खत्री, उपाध्यक्ष द्वय पदम विश्वकर्मा तथा पुरु सुबेदी, बीओटी सल्लाहकार रोहींनी शर्मा तथा सदस्य तीर्थ अधिकारी, बरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले, उपाध्यक्ष एशिया ड़ा. रेणु सोलु महासचिव बिमला निरौला, कोषाध्यक्ष निजानन्द मल्ल, कार्यसमिति सदस्य तथा कार्यक्रम संचालक शकुन ज्ञवाली र सदस्यहरु प्रमोद सारंग, सरिता आर्याल, सुदीपभद्र खनाल आदि सहभागी थिए। उक्त कार्यक्रममा मेरीलैण्ड च्याप्टर, जर्जिया च्याप्टर, मिजौरी च्याप्टर र उत्तर क्यारोलिना च्याप्टर मात्र अनुपस्थित थिए।
अनेसास केन्द्रीय उपाध्यक्ष (उत्तर अमेरिका) ले गत दुई वर्षको कार्यकालमा यस क्षेत्रमा रहेका सक्रिय च्याप्टरहरुलाई जोडेर अठ्ठार शृंखला सम्म बिभिन्न कार्यक्रमहरु – बैठक, कार्यशाला गोष्ठी, परिचयत्मक कार्यक्रम, रचना वाचन कार्यक्रम, पुनर्गठित च्याप्टरहरु जोडेर परिचयात्मक कार्यक्रम तथा रचना वाचन, छन्द विशेष कार्यक्रम, च्याप्टर- केन्द्र बीच केन्द्र तथा च्याप्टरहरुको गतिविधिहरुको अपड़ेट लगायत विभिन्न च्याप्टर विशेष कार्यक्रमहरु गर्दै आएको थियो र सोही कार्यक्रमहरुलाई निरन्तरता दिनुको साथै अरु थप काम र कार्यक्रमहरूको संयोजन तर्जुमा गर्न सहजता पुर्याऊन खातिर अनेसास उत्तर अमेरिका क्षेत्रीय समितिको गठन पनि गरेको छ। अनेसास केन्द्रीय उपाध्यक्ष राजेन्द्र श्रेष्ठ (उत्तर अमेरिका) संयोजक, अनेसास केन्द्रीय सदस्य शकुन ज्ञवाली सदस्य सचिव, अनेसास शिकागो च्याप्टर महासचिव लक्ष्मण न्यौपाने प्रविधि सहयोगी तथा सम्पूर्ण च्याप्टर अध्यक्षहरू पदेन समिति सदस्य रहने गरी २१ सदस्यीय समिति गठन गरेको छ।कार्यक्रममा केन्द्र तथा बीओटीका पदाधिकारीहरुले आफ्नो परिचय सहित शुभकामना दिएका थिए भने च्याप्टर अध्यक्षहरुले आ-आफ़ना परिचय सहित विचार र अप्डेट पनि गरेका थिए। कार्यक्रमको सञ्चालन सदस्यसचिवले गरेका थिए भने अध्यक्षता संयोजकले गरेका थिए ।
प्रतिक्रिया