चरित्र

लघुकथा

रेणु गुप्ता २०७९ असोज २ गते ३:२५ मा प्रकाशित

लघुकथा

“नारी शिक्षा आजको आवश्यकता हो । परिवारको पिता शिक्षित हुँदा केवल एक जना मात्र शिक्षित हुन्छन् तर आमा शिक्षित हुँदा घरको वातावरण नै शिक्षामय बन्दछ । त्यसैले नारी शिक्षित हुनु भनेको परिवार शिक्षित बन्नु हो । प्रत्येक परिवार शिक्षित बनेमा समाज र समग्रमा राष्ट्र नै शिक्षित हुन्छ … … ।”

परिवारमा नारी शिक्षाको महत्वबारे एउटा समारोहमा रामप्रसाद प्रकाश पार्दै थिए । उनको भाषण शैलीमा अचम्मको जादु थियो । प्रत्येक वाक्यको अन्त्यमा नारीहरूको करतल ध्वनिले सभागृह गुञ्जायमान हुन्थ्यो । लाग्दथ्यो रामप्रसादको उदाहरण प्रत्येकले दिनुपर्छ । उनी सबैका अनुकरणीय व्यक्तित्व हुन् ।
“यिनको चर्चा प्रत्येक परिवारमा हुनुपर्छ । नारी शिक्षा सम्बन्धी हरेक गोष्ठीमा रामप्रसादलाई बोलाउनु पर्छ । समयानुकुल विभिन्न परिवार समेतमा नारी शिक्षाको महत्वबारे बुझाउन रामप्रसादलाई पु¥याउनु पर्छ ।” सभाहलमा नारीहरूबीच छलफल चल्दै थियो ।

त्यसै वेला एउटी नारीले प्रवेश गरिन् । रामप्रसादको वाणी रोकियो । हस्याङ्घफस्याङ्घ गर्दै ती नारीले आँखा कुदाइन् सभा र मञ्चभरि । आफ्नो श्रीमान् बाहेक सबै नारीको मुहार देखेर भक्कानो छोड्दै रुँदैं सकिनसकी भनिन् –“म पनि प्रौढ शिक्षा पढ्न जान्छु भन्दा मेरो श्रीमान्ले यी निलडामहरू आजै उपहार दिएका हुन् ।” इशारा मञ्चतर्फ थियो ।

रौतहट

प्रतिक्रिया