विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको गीति एल्वम ‘जलधारा’ सार्वजनिक

इनेप्लिज २०७९ भदौ २८ गते १०:१० मा प्रकाशित

काठमाडौं

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको गीति एल्वम ‘जलधारा’ सार्वजनिक भएको छ । बाबुल गिरीको सङ्गीत रहेको एल्वममा पाँच गीत समावेश गरिएको छ । एल्वममा ‘मेरी आमा’, ‘मन बिगार्‍यो स्त्री जातैले’, ‘झुल्कयो चन्द्रमा’, ‘ए मेरो हजुर’ र ‘तिमी सँग’ जस्ता गीत समावेश गरिएको छ । गीतको लिरिकल भिडियो डीआर म्युजिक एण्ड क्रियशनमार्फत सार्वजनिक गरिएको हो ।

एल्वममा भएका गीतमा गायक/गायिका बाबुल गिरी, प्रताप दास, रचना रिमाल, प्रविन भेटवाल, मेलिना मैनाली, रवी ओड, सुनिता कार्की र जेनिस उप्रेतिको स्वर छ ।

गीत सङ्गीत तथा विविध विधामा ११० विश्व कीर्तिमान गर्नुभएका डा. उपाध्यायका १४ उपन्यास पाठकमाझ आएका छन् भने सयौं फरक फरक शैलीका गीत श्रोता/दर्शकमाझ आएका छन् । उहाँको पछिल्लो उपन्यास कृति ‘कशुर’ केही समयअघि लोकार्पण गरिएको थियो ।

https://youtu.be/1a9ZvEHoF6U
https://www.youtube.com/watch?v=1a9ZvEHoF6U

प्रतिक्रिया