सुन्दरी स्मारिकासँग इञ्जिनियर गायक शाहिल गोदावरिमा रोमान्टिक अवतारमा देखा परे

इनेप्लिज २०७९ भदौ २८ गते १०:०५ मा प्रकाशित

काठमाडौँ । गायक शाहिलराज पाण्डेको नयाँ गीत ऋतुहरुमाको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक शाहिलकै शब्द सिर्जनामा तयार भएको गीतमा संगीत श्यामबाग्दासको रहेको छ । पेशाले मेकानिकल इञ्जिनियर समेत रहेका गायक तथा मोडल शासाहिललार्ए ऋतुहरुमा अभिनयमा स्मारिका ढकालले साथ दिएकी छिन् । आफ्नो कामको शिलशिलामा ब्यस्त दैनिकीका बाबजुत पनि हेर्दा हेर्दैमा सुटुक्क प्रेममा डुबेको प्रेमाभावलाई कलात्मक शैलीमा भिडियोमा देखाइएको छ । जसमा मोडलद्धय साहिल र स्मारिकाको बेजोड अभिनय देख्न सकिन्छ ।

काठमाडौँ उपत्यकाका रमणीयस्थल गोदावरी र भृकुटीमण्डमा छायांकन गरिएको भिडियोले एक रोमान्टिक प्रेम कहानीलाई बोलेको र हरेक प्रेमील जोडीले आफ्नो कथालाई भिडियो हेरेपछि स्मरण गर्ने निर्देशक प्रकाश धितालले बताए । उत्सब दाहालको छायांकन रहेको भिडियोको सम्पादन विकाश दाहालले गरेका हुन् ।

भिडियो गायक साहिलकै आफ्नै अफिसियल च्यानलबाट बजारमा आएको हो । गायक साहिलले यसअघि नैना, जिन्दगी, पानी थिए, लगायतका गीतहरु बजारमा ल्याइसकेका छन् ।

प्रतिक्रिया