विराटनगर,२५ भदौ(रासस):
नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध नागरिकका सन्तानले वंंसजको आधारमा नागरिकता पाउनु पर्ने बताउनु भयो ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा उहाँले सरकारले अहिले ल्याएको नागरिककता विधेयकमा जन्मसिद्धका छोराछोरीलाई वंजसको नागरिकता पाउने छन् भन्ने संशोधन थप गरि विधेयक ल्याउनु पर्ने धारणा राख्नु भयो ।
अध्यक्ष ओलीले भन्नु भयो ‘यो संशोधन विधेयक तीन दिनमा पास हुनेछ’ ।
उहाँले नागरिकता विधेयक सम्वन्धमा सरकारले यसलाई तनाव विषय बनाएर समस्या समाधान गर्न नखोजेको आरोप लगाउनु भयो ।
अध्यक्ष ओलीले नागरिकता विधेयक प्रमाणीकरण सम्वन्धमा कोही कसैले वाहिर वसरे भनेको आधारमा राष्ट्रपतिले राजिनामा नदिने विचार व्यक्त्त गर्नु भयो ।
उहाँले नागरिकता विषयका सम्वन्धमा गठबन्धन दललाई भोटको राजनीति नगर्न अनुरोध गर्नु भयो ।
पूर्वप्रधानमन्त्री ओलीले संसद वहस र विधिको आधारमा चल्नु पर्दछ भन्दै व्यक्त्तिले संसद चलाउन खोज्नु मुलुकलाई अस्थिरतातर्फ धकेल्नु भएको धारणा राख्नु भयो ।
एक प्रश्नको जवाफमा पूर्व प्रधानमन्त्री ओलीले निर्वाचन मिति घोषणा भैसकेको अवस्थामा सरकारले कर्मचारी सरुवा र नियुक्ति गर्नु गलत कार्य भएको वताउनु भयो ।
उहाँले निर्वाचन आयोगले निष्पक्ष तथा स्वतन्त्र निर्वाचनका लागि प्रशासन सञ्चालनको जिम्मा आफनो हातमा लिनुपर्ने र न्यायधीशमार्फत निर्वाचन परिचालन गर्नुपर्ने सुझाव दिनु भयो ।
प्रतिक्रिया