विराटनगर,२५ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हामी सबैले देश बनाउने सङ्कल्प गर्नु पर्ने बताउनु भयो ।
नेपाल वुद्धिजिवि परिषद प्रदेश नं १ को प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उहाँले वुद्धिजीविहरुले योजनावद्ध ढंगले युवाहरुलाई मुलुकलाई उन्नतशिल, समृद्ध बनाउन डोर्याउनु पर्नेमा जोड दिनु भयो ।
पूर्व प्रधानमन्त्री ओलीले नयाँ पुस्ताले मुलुकलाई कस्तो बनाउने भन्ने सोच्ने बेला आइसकेको छ भन्दै उनीहरुको आकांक्षा, सपनालाई सार्थक र सुन्दर भविष्य निर्माणका लागि सही मार्गदशन दिनका लागि परिषदलाई आग्रह गर्नु भयो ।
उहाँले समाजलाई परिवर्तन गरि गतिशिल बनाउन वुद्धिजीवीहरुको ठूलो भूमिका हुने चर्चा गर्दै मुलुकको विकास गर्न वुद्धिको ज्योति देखाउनु पर्नेमा जोड दिनु भयो ।
अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमालेको वहुमतको सरकार निर्माण गर्न आग्रह गर्दै एमालेबाट लोकतन्त्रको सुदृढ, शान्ति सुरक्षा, आर्थिक समृद्धि र मुलुकको प्रगति सम्भव रहेको विचार व्यक्त्त गर्नु भयो ।
उहाँले आगामी मङ्सीर ४ गते हुने निर्वाचनमा देशलाई सही वाटोतर्फ डो¥याउने पार्टीलाई सचेत तथा सजग नेपाली जनताका मतदान गरी सरकार निर्माण गराउने विश्वास व्यक्त्त गर्नु भयो ।
अध्यक्ष ओलीले सरकारी सम्पत्ति निजी कार्यमा प्रयोग गरेकोमा सरकारको आलोचना गर्दै केही राजनीतिक दलहरुले भाई भतिजालाई निर्वाचनमा उम्मेदवार बनाउनाले मुलुकको हित नहुने धारणा राख्नु भयो ।
प्रदेश संयोजक इन्छापूर्ण राई र नेकपा एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेल लगायतले गरिवीको अन्त्य, रोजगारी सिर्जना र भ्रष्टाचार नियन्त्रण गर्ने पार्टीलाई विजयी गराउनु पर्ने विचार राख्नु भयो । अधिवेशनमा १४ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको छ।
यस अघि अध्यक्ष ओलीले विभिन्न पाटी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुलाई स्वागत गर्नु भएको थियो ।
प्रतिक्रिया