बेलायतकी महारानी एलिजाबेथ द्वितीय “चिकित्सा सुपरिवेक्षणमा” रहेको बकिंघम दरबारले बिहीबार घोषणा गरेको छ । उनको स्वास्थ्यको बारेमा “चिकित्सक हरू चिन्तित छन्”, भनि एक विज्ञप्ति जारी गरेको छ ।
रानी हाल स्कटल्याण्डको बालमोरल महलमा छिन् । रानीका परिवारका सबै सदस्यहरूलाई उनको स्वास्थ्यको चिन्ताको बारेमा सूचित गरिएको एक शाही स्रोतले बिहीबार सिएनएनलाई बताएको समाचार सिएनएनले लेखेको छ ।
बेलायती प्रधानमन्त्री लिज ट्रसले बिहीबार रानीको लागि शीघ्र स्वास्थ्य लाभको कामना सामाजिक संजाल मार्फत गरेकी छिन ।
प्रिन्स चार्ल्स र क्यामिला पनि बालमोरल दरबारको यात्रामा रहेका छन् ।
क्लेरेन्स हाउस(बेलायती शाही परिवार आवासगृह) ले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रिन्स चार्ल्स र क्यामिला पनि बालमोरल यात्रामा रहेको बताएको छ ।
चिकित्सकहरुले आराम गर्न सल्लाह दिएपछि महारानीले बुधबारको महत्त्वपूर्ण बैठक स्थगित गरेकी छिन । राजकुमार ह्यारी र मेघन पनि स्कटल्याण्ड तर्फ लागेको प्रवक्ताले बताएका छन् ।
प्रतिक्रिया