फोटो पत्रकार महासङ्घ मोरङको अध्यक्षमा निरौला

इनेप्लिज २०७९ भदौ २२ गते २३:४५ मा प्रकाशित

मोरङ,२२ भदौ ।

मोरङ,२२ भदौ (रासस): नेपाल फोटो पत्रकार महासंघ मोरङ जिल्ला समिति वुधवार विराटनगरमा कौशल निरौलाको अध्यक्षमा पुर्नगठित समितिका सदस्यहरु सामूहिक तस्बिरमा ।तस्बिर : मनोज दाहाल ÷रासस

नेपाल फोटो पत्रकार महासङ्घ मोरङ शाखाको आज यहाँ बसेको बैठकले कौशल निरौलाको अध्यक्षतामा नयाँ कार्य समिति पुर्नगठन गरेको छ।

समितिको उपाध्यक्षद्वयमा बाबुराम भण्डारी, बिनु तिम्सिना(महिला),सचिवमा प्रेम देवान, सह सचिव राकेश कर्ण र कोषाध्यक्षमा नविन कर्णलाई सर्वसम्मतिले चयन गरिएको छ।

यसैगरी सदस्यहरुमा सुजाता लिम्वु, उषा सरदार, रोशिका अधिकारी, दिलिप अग्रवाल, कुमार खड्का, गोपाल काफ्ले, विवेक मिश्र र उत्तम पोखरेल रहनु भएको छ।

महासङ्घको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मनोज दाहाल, ध्रुव भट्टराई र बाबुराम भण्डारीलाई चयन गरिएको छ।

महासङ्घको प्रदेश अध्यक्ष बेदराज पौडेलको उपस्थितिमा जिल्ला कार्य समिति पुर्नगठन गरिएको हो ।

प्रतिक्रिया