विराटनगर,२२ भदौ ।
नेपाल दूर सञ्चार राष्ट्रिय कर्मचारी संगठनको ११ औं महाधिवेशन आजदेखि विराटनगरमा शुरु भएको छ ।
तीनदिनसम्म सञ्चालन हुने उक्त्त अधिवेशनमा ७७ जिल्लाका प्रतिनिधिहरुले नयाँ नेतृत्व चयन गर्ने छन् ।
नेकपा एमालेका नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले महाधिवेशनको उद्घाटन गर्दै दूर संचार संस्थानले प्रविधिको सर्वसुलभ सेवा प्रदान गरी मुलुकको उत्पादन वृद्धि गरी रोजगारी सिर्जना गर्न सहयोग गर्नुपर्ने बताउनु भयो ।
उहाँले मुलुकको १ नं को समस्या भनेको काम नगर्ने प्रवित्ति हो भन्दै भ्रष्टाचारलाई प्रविधिको प्रगोगबाट नियन्त्रण गर्नुपर्नेमा जोड दिनु भयो ।
नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव जगन्नाथ खतिवडाले जनतालाई सहजरुपमा सेवा प्रदान गरि संस्थानको साख जोगाउन कर्मचारी लाग्नु पर्ने विचार राख्नु भयो ।
संस्थानका प्रवन्ध निर्देशक सुनिल पौडेलले जनताको संस्थानको सेवाप्रति रहेको गुनासो तत्काल समाधान गर्न एवं गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिनु भयो ।
संगठनका अध्यक्ष यादवप्रसाद पनेरु,उपाध्यक्ष मोहन फँयाल,दूर संचार वर्कस यूनियनका अध्यक्ष राजेन्द्रप्रसाद जोशी,नेपाल राष्ट्रिय कर्मचारी संगठन दूर संचारका अध्यक्ष दामोदर केसी,संस्थानका प्रदेश निर्देशक प्रेमप्रसाद सिलवाल,संस्थानका सल्लाहकार राजबहादुर रावतले संस्थानको दुर्गम क्षेत्रमा सेवा विस्तारका क्रममा हुने कर्मचारीहरुको सरुवामा सङ्घसंगठनले सहयोग गर्नुपर्ने सुझाव दिनु भएको थियो ।
प्रतिक्रिया