बस्टनमा मोती जयन्ती

इनेप्लिज २०७९ भदौ २२ गते १८:२२ मा प्रकाशित

बस्टन सामचार दाता । यही सेप्टेम्बरको तीन गते बस्टन मेट्रो वेस्टमा पर्ने नरउड शहरमा मोती जयान्ती मनाइएको छ। कालीभक्त कृष्णा पन्त प्रतिष्ठान र बस्टन अनेसासको संयुक्त तयारीमा भएको उक्त कार्यक्रम प्रतिठानका अन्तर्राष्ट्रिय संयोजक महेश्वर पन्तको संयोजनमा भएको थियो।

कार्यक्रम अनेसास बस्टनका अध्यक्ष दीपा राइ पुनको अध्यक्षता र अनेसास केन्द्रका अध्यक्ष गोबर्धन पूजाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। अतिथि, अनेसासबाट प्रकाशन हुने पत्रिका अन्तर दृष्टिका प्रधान सम्पादक लाल गोपाल सुवेदीले मोतीको बारेमा सभालाई जानकारी दिँदै आफ्नो कविता बाचन गरेका थिए। अनय कविता वाचन गर्नेहरुमा- अनु शाहा, भिम प्र उपाध्याय, थानिरत्न कँडेल, नविन उप्रेती, केदार गौतम, सानु बर्मा अधिकारी, दीपा राइ पुन, र गोवर्धन पूजा, प्रकाश खाडका थिए।

सोहि कार्यक्रममा कालीभक्त प्रतिष्ठनको तर्फबाट नवनिर्वाचित अनेसासका अध्यक्ष गोबर्धन पूजा, अन्तर्दिष्टिका प्रधान सम्पादक लालगोपाल सुबेदि र अनेसास बोस्टनका अध्यक्ष दीपा राइ पुनलाई खादा ओढाई सम्मान गरिएको थियो।

मोती जयान्तीको अवसरलाई ध्यानमा राखेर गजल गायन संयोजक पन्तले गरेका थिए।प्रमुख अतिथि गोबर्धन पूजाले मन्तव्य सहित मोतीको गजल बारे र अनेसासबारे केही शब्द राखेका थिए। कार्यक्रमलाई रोचक बानाउन साना बालबालिकाहरु शारन्या निरौला ,शादभी कार्कीको नाच र सोनाली राजभन्डारिको गायनमा ‘जहाँ छन् बुद्धका आँखा’ भन्ने बोलको गीत राखिएको थियो। साना बालबालीकाहरुको नेपाली गीत संगीतमा देखिएको लगावलाई सबैले मुक्तकण्ठले प्रशंसा पनि गरेका थिए।

अन्तमा लोक दोहोरीको मीठा टुक्रा प्रस्तुत गर्ने- दिपेश बजगाँइ, लोक दोहोरी गायक- कृष्ण पौडेल, निरू गेलाल, टुकादेवी उपाध्याय आदिको गीतमा सबै नाचेका थिए।

कार्यक्रममा खाना र सबै नगद दान गर्नेहरुलाई शभा बिसर्जन गर्दै शभाध्यक्ष दीपा राइ पुनले धन्यवाद दिएकी थिइन।

कार्यक्रमको शभाहलमा- जिबिएनसि, बस्टनका अध्यक्ष- मिलनकुमार कार्कि, नरवुड मेट्रोवेष्टका अध्यक्ष- सुरेश ढकाल, नरवुड कृयाशिल महिला समुह अध्यक्ष- सानु बर्मा, राजमित्र प्रितिष्ठानका सम्रक्षक- सुशिल नेपाल, बिडिए अमेरिका म्यासाचुसेट्स च्याप्टरका संयोजक बिरोचन नेपाल लगायत धेरै साहित्यकार र साहित्यानुरागीहरुको उपस्थिति थियो।

कार्यक्रम अनेसासका सह-सचिव प्रकाश खडकाले संचालन गरेका थिए।

बस्टन सामचार दाता

प्रतिक्रिया