लन्डनको प्रसिद्द “बिग हाफ” म्याराथनमा “नेपाल रन” टीमको उल्लेख्य सहभागिता

इनेप्लिज २०७९ भदौ २१ गते १२:३४ मा प्रकाशित

लण्डन (जिएनएन)— गत आइतवार बेलयातको प्रसिद्द “बिग हाफ” म्याराथन सम्पन्न भएको छ । उक्त प्रतियोगितामा बेलायत स्थित नेपाली दौड प्रेमी हरुको क्लब नेपाल रनका ६० बढ़ी सदस्य हरु सहभागी बनेकाछन । १६,००० बढ़ीको सहभागिता रहेको दौडमा नेपाली समुदायको २०० बढीको सहभागिता रहेको थियो ।

नेपाल रन क्लबमा आबद्ध सदस्य हरुले बिशेष प्राथमिकता अनुरुप कम्युनिटी सहभागिता जनाएको संस्थाका व्यवस्थापक उदेश देवानले जानकारी दिए।

क्लबमा आबद्द सदस्यहरु दौडलाइ शारीरिक ब्यायाम तथा समुदायमा स्वास्थ्य तथा तन्दुरुस्ती चेतना फैलाउने उदेश्यले जोडीएको बताउछन् ।क्लबका सदस्य हरुले दौड संगै समुदायमा निरन्तर च्यारिटी फन्डरेज गर्दै आएका छन् ।

दौड मार्फत समाज सेवा र निरन्तर तन्दुरुस्ती चेतना जगाई रहेका आत्माराम दाहालले बिग हाफ र अन्य दौड मार्फत फेव्रुअरी महिना सम्म “नेपाल रन” लाई चिप टाइमिंग उपकरण उपलब्ध गराउन फन्ड़रेज ( Donation link ) गरिरहेका छन् । समुदायमा निरन्तर योग र दौड मार्फत चेतना जगाउन उध्यत दाहाल नेपाल रनका एक संस्थापक सदस्य हुन् भने संस्थाका वेलफेयर संयोजक हुन् ।

यस्तै गरेर संस्थाका अर्का संस्थापक सदस्य प्रोफेसनल सेफ पाण्डव महतोले गत साता नेपाली मेलामा खानेकुरा बेचेर यसै उदेस्य्सका लागी £१३०० फन्डरेज गरेका थिए। कार्यक्रममा पासा पुच गुठि युकेका सुसिल प्रजापतिको नेतृत्वमा नेवारी संस्कृतिक बाजागाजा सहित सहभागिहरुलाई प्रोत्सान गरिएको थियो ।

नेपाल रनको उदेश्य केवल आफु मात्र दौडिने नभएर परिवार र समुदायलाई स्वास्थ्य र तन्दुरुस्त रहन प्रोत्साहन गर्ने , क्लबमा अबद्द सदस्य हरुलाई दौड सम्बन्धि सल्लाह र क्लब मार्फत बेलायतमा हुने दौड प्रतियोगीतामा बिशेष छुटको व्यस्था हुने , सामाजिक र च्यारिटिका काम पनि हुने गरेको संस्थाका संयोजक संतोस राईले बताए। साथै कीर्तिमानी धावक राइले बिग हाफमा नेपाल रनलाई कम्युनिटी प्लेस उपलब्ध गराउने रण्डर बोल्ट टिमलाई पनि धन्यवाद व्यक्त गरे ।

यसै गरि संस्थाको आफ्नै आयोजनामा आगामी नोभेम्बर १३ मा रिमम्बरेन्स डेको अवसरमा “नर्थोल्ट १० के” रन आयोजना गर्ने भएको छ । दौड मार्फत गोर्खा वेलफेयर ट्रस्टलाई सहयोग जुटाउने योजना रहेको क्लबका अर्का संस्थापक सदस्य डा जगन कार्कीले जानकारी दिए ।

यस संस्थाले थुप्रै च्यारिटी कार्यक्रम हरु नेपाल रन भर्चुअल इभेन्ट, पिपल नेपाल रन लगायतका इभेंटमार्फत फन्ड रेज गरेर नेपालका धावक, धरान रन, पोखरा रन, स्पाइनल इन्जुरी हरुको दौड साथै कोरोना महामारी तथा शिक्षा लगायतका क्षेत्रमा सहयोग पनि गर्दै आएको छ ।

नेपाल रन क्लबको सदस्य बन्नेहरुले बिशेष छुटमा विभिन्न दौड प्रतियोगिताहरुमा सहभागी हुने अवसर , दौड समूह संग अनुभव र कोचिङ्ग लगायत एक अर्कालाई प्रोत्साहन गर्दै संगठित रुपमा समुदायलाई नै स्वास्थ्य र तन्दुरुस्त रहन प्रोत्साहन मिल्ने भन्दै http://www.nepalrun.orgमार्फत सदस्य बन्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया