मनोज दाहाल
विराटनगर,१७ भदौ(रासस): गएको वर्ष मोरङमा सवारी दुर्घटनाबाट १२९ जनाको मृत्यु भएको छ।
जिल्ला ट्राफिक कार्यालय मोरङका अनुसार आर्थिक वर्ष २०७८ः७९ मा एक हजार २८५ बटा विभिन्न सवारी दुर्घटनाबाट उक्त मृत्यु भएको हो । उक्त्त दुर्घटनामा ३५३ जना गम्भिर घाइते र एक हजार ६५४ जना घाईत भएका थिए ।
यसैगरी आव २०७७ः७८ मा विभिन्न एक हजार १६२ बटा सवारी दुर्घटनावाट १४२ जनाको मृत्यु हुनुका साथै ३४९ जना गम्भिर घाइते र एक हजार ४२० जना घाइते भएका थिए । यस्तै आव २०७६ः७७ मा ४८७ वटा सवारी दुर्घटनावाट ८९ जनाको मृत्यु हुनुका साथै २०७ जना गम्भिर घाइते र ५२३ जना घाइते भएको ट्राफिक कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिनु भयो ।
कार्यालयले आव २०७८ः८९ मा ७१ हजार ५१७ सवारी साधनलाई कारवाही गरी रु चार करोड ५७ लाख एक हजार राजश्व सङ्कलन गरेको छ । यस्तै आव २०७७ः७८ मा ७० हजार १२९ सवारी साधनलाई कारवाही गरी रु चार करोड २० लाख ६३ हजार राजश्व सङ्कलन गरेको छ भने आव २०७६ः७७ मा ५४ हजार २०९ सवारी साधनलाई कारवाही गरी रु तीन करोड १९ लाख ९५ हजार ५०० राजश्व सङकलन गरेको प्रहरी निरीक्षक कार्कीले बताउनु भयो ।
कार्यालयले दुर्घटना न्यूनिकरण गर्नका लागि ट्राफिक नियम सम्वन्धी जनचेतना मूलक कार्यक्रम समेत सञ्चालन गरेको छ। कार्यालयका अनुसार आव २०७८ः७९ मा पाँच हजार ३९९ बटा कार्यक्रमबाट एक लाख ३३ हजार ६०५ जना, ६७७ पटक विद्यालयमा गरिएको कार्यक्रमवाट १९ हजार ५०० जना विद्यार्थीहरु लाभान्वित भएका छन् ।
यसैगरी आव २०७७ः७८ मा तीन हजार ८४९ वटा कार्यक्रमबाट ५२ हजार १२६ जना , ४३३ पटक विद्यालयमा गरेको कार्यक्रमवाट ५२ हजार १२६ जना विद्यार्थीहरु लाभान्वित भएका छन् भने आव २०७६ः७७ मा तीन हजार ५४४ कार्यक्रमबाट ४५ हजार ५६७ जना र २५० पटक विद्यालयमा गरिएको कार्यक्रमबाट चार हजार ५१० जना विद्यार्थीहरु लाभान्वित भएको निरीक्षक कार्कीले बताउनु भयो । चालु आव २०७९ः८०को साउन मसान्तसम्ममा ८३ बटा विभिन्न सवारी दुर्घटनाबाट आठ जनाको मृत्यु हुनुका साथै १२१ जना घाइते भएका छन् ।
सोही अवधिमा तीन हजार ६५७ सवारी साधनलाई कारवाही गरी रु २३ लाख १८ हजार ५०० राजश्व सङ्कलन गरिएको छ। कार्यालयले सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि वुढीगंगाको निमुवादेखि विराटनगर रानीसम्म ५० वटा ट्राफिक नियम सम्वन्धी चेतनामूलक होडिङ्ग वोर्ड राख्नुका साथै विराटनगर प्रवेशद्वारसम्म १० बटा प्रहरीको डमी वोर्ड राखिएको छ।
वाटोको अवस्था, मादक पदार्थ सेवन र तिव्रगतिमा सवारी साधन सञ्चालनले ८० प्रतिशत दुर्घटना हुने गरेको निरीक्षक कार्कीले बताउनु भयो । मोटरसाइकल दुर्घटना गर्ने चालक मध्ये अधिकांश १५ देखि ३० वर्ष उमेरका युवाहरु रहेको उहाँको भनाइ रहेको छ।
कार्यालयले दुर्घटना न्यूनियनकरण गर्न दैनिक रुपमा विभिन्न २० स्थानमा ट्राफिक नियम सम्वन्धी जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्नुका साथै ६५ स्थानमा मादक पदार्थ सेवन लगायतका चेकजाँच गर्ने गरेको छ।
मनोज दाहाल
प्रतिक्रिया