संघर्ष

रेणु गुप्ता २०७९ भदौ १७ गते २२:०९ मा प्रकाशित

जन्मिदा एक्लै जन्मिनु पर्ने मर्दा एक्लै मर्नु पर्ने प्रकृतिको नियम हो । जीवन यात्रामा कसैको साथ नपाउँदा जीवन फलामे चिउरा हुँदो रहेछ । नीरज जन्मिँदै आमा टोकुवा भयो भने केही दिन नबित्दै उसका बावुले पनि उसको साथ छोडेर गए ।

लघुकथा

संसारै बिरानो भएछ उसको लागि । जिन्दगीको नाममा समयका पलहरू बिताउँदै गयो । यसै क्रममा उसले थुप्रै हन्टर, ठक्कर खानु पर्यो । कहिले पेट भर्नका लागि उसले अरुको गाली खानु पर्थ्यो भने कहिले शरीर ढाक्नको लागि सुम्ला । आमा टोकुवा त उपनाम नै थियो उसको । तर कर्मलाई प्रधान मानी निरन्तर पसिना चुहाउन चुकेन नीरज ।

रातपछि दिन आए झैं दुःखपछि सुखका दिनहरू आए । यतिका दुःख सहेर पनि जीवनदेखि हार कहिले नखाएर संघर्षका पाइलाहरू चाल्दै जाँदा गाँउलेहरू आज उसको गुनगान गाउँछन् । जय जय गर्छन् । हिजोसम्म गाली र घृणा बाहेक केही नपाउने ऊ आज सबथोक पाउन सफल भएको छ किनकि आज ऊ गाउँको एक प्रतिष्ठित प्रतिनिधि भएर आएको छ ।

सहाराहीनलाई उसले आफ्नो जीवनगाथा सुनाउँदै भन्ने गरेको छ – हिम्मत हार्नेले जीवनको संघर्ष जित्न सक्दैन ।

रौतहट

प्रतिक्रिया