नेकपा एमाले देश निर्माणको अभियानमा लागेको छ– एमाले अध्यक्ष ओली

इनेप्लिज २०७९ भदौ १७ गते ११:१८ मा प्रकाशित

विराटनगर,१७ भदौ (रासस):

मोरङ,१७ भदौ (रासस):नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन प्रदेश नं १ कमिटीद्वारा शुक्रबार विराटनगरमा आयोजित प्रदेश स्तरीय दुई दिन प्रशिक्षण कार्यक्रमको उद्घाटनका अवसरमा पार्टीमा प्रवेश गर्ने महिलालाई स्वागत गर्दै । तस्बिर : मनोज दाहाल ÷रासस

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश निर्माणको अभियानमा लागेको बताउनु भएका छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन प्रदेश नं १ कमिटीद्वारा आज यहाँ आयोजित प्रदेश स्तरीय दुई दिन प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले लोकतन्त्रको संरक्षण, स्वाधिनताको रक्षा, राष्ट्रिय हितको रक्षाको साझा अभियान एमालेको लिएको प्रष्ट पार्नु भयो ।

अध्यक्ष ओलीले सङ्घीयतालाई व्यवहार लागु गर्न, मुलुकमा भ्रष्टाचारको अन्त्य, सुशासन र जनतालाई राहत दिने मुख्य जिम्मा पार्टीको रहेको विचार राख्नु भयो ।

मोरङ,१७ भदौ (रासस):नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन प्रदेश नं १ कमिटीद्वारा शुक्रबार विराटनगरमा आयोजित प्रदेश स्तरीय दुई दिन प्रशिक्षण कार्यक्रममा सहभागी हुँदै । तस्बिर : मनोज दाहाल ÷रासस

उहाँले मुलुकको विकास, सामाजिक जागरण, समानतामा क्रियाशिल रहन पार्टीका कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो ।

अध्यक्ष ओलीले राजनीति देश चलाउने र बनाउने विषय भएकोले राष्ट्र निर्माण र सङ्घगठन विस्तारमा लाग्न विद्यार्थीहरुलाई आग्रह गर्नु भयो ।

उहाँले एमालेको जनताको पार्टी भएको उदाहरण मुलुकभर एमाले प्रवेशको लहरले देखाउँछ भन्दै आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन प्रत्येक घर टोलमा पार्टीका सदस्यहरुको सक्रिय सहभागिता गराउनु पर्नेमा जोड दिनु भयो ।

मोरङ,१७ भदौ (रासस):नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन प्रदेश नं १ कमिटीद्वारा शुक्रबार विराटनगरमा आयोजित प्रदेश स्तरीय दुई दिन प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै । तस्बिर : मनोज दाहाल ÷रासस

अध्यक्ष ओलीले आगामी निर्वाचनमा पहिलो पटक मतदान गर्ने विद्यार्थीहरुलाई राष्ट्रियता, देशभक्ति र देश निर्माण गर्ने पार्टीलाई मतदान गर्न समेत आग्रह गर्नु भयो ।

उहाँले आगामी मङ्सीर ४ गते हुने निर्वाचनवाट मुलुकको निर्माण गर्ने पार्टीका सम्वन्धमा जनताले राष्ट्रिय फैसला दिने विचार वताउनु भयो ।

मोरङ,१७ भदौ (रासस):नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन प्रदेश नं १ कमिटीद्वारा शुक्रबार विराटनगरमा आयोजित प्रदेश स्तरीय दुई दिन प्रशिक्षण कार्यक्रमको उद्घाटनका अवसरमा मन्तव्य व्यक्त्त गर्नुहुँदै । तस्बिर : मनोज दाहाल ÷रासस

अनेरास्ववियुका प्रदेश संयोजक गोकर्ण घिमिरेको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेकपा एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेल लगायतले सङ्घीयताको सफल कार्यान्वयन, सुशासन कायम राख्न विद्यार्थीहरुको ठूलो भूमिका हुने धारणा राख्नु भयो ।

सोही अवसरमा अध्यक्ष ओलीले मोरङ क्षेत्र नं ४,५ र ६ बाट विभिन्न पार्टी परित्याग गरेका कार्यकर्ताहरुलाई स्वागत गर्नु भएको थियो ।

मोरङ,१७ भदौ (रासस): अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन प्रदेश नं १ कमिटीद्वारा शुक्रबार विराटनगरमा आयोजित प्रदेश स्तरीय दुई दिन प्रशिक्षण कार्यक्रममा सहभागी विद्यार्थीहरु । तस्बिर : मनोज दाहाल ÷रासस

प्रतिक्रिया