युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले गत सोमबार राती दूरदर्शन (टेलिभिजन)मा सशक्त सम्बोधन गर्दै रुसी सेनालाई घर फर्कन र सीमा सम्म ‘पछ्याउने ’ वाचा गरेका छन्।
“कब्जा गर्नेहरूले थाहा पाउनु पर्छ: हामी उनीहरूलाई सीमामा खेद्नेछौं। हाम्रो सिमानामा कुनै रेखा परिवर्तन भएको छैन,’ उनले भने ।
युक्रेनले देशको दक्षिणी भागमा रहेको रुसी नियन्त्रित क्षेत्र फिर्ता लिने उद्देश्यले प्रति आक्रमण सुरु गरेपछि जेलेन्स्की बोल्दै उक्त कुरा भनेका हुन् ।
यदि तिनीहरू बाँच्न चाहन्छन् भने यो रूसी सेनाको लागि भाग्ने समय हो। घर जानुहोस्, “उनले थपे।
“यदि उनीहरूले मेरो कुरा सुनेनन् भने उनीहरूले हाम्रा रक्षकहरूसँग सामना गर्नुपर्नेछ, जो युक्रेनको स्वामित्वमा रहेका सबै कुरा मुक्त नगरेसम्म रोकिने छैनन्।”
तस्बिर कृतज्ञता :रोयटर्स
प्रतिक्रिया