पाकिस्तानमा अविरल वर्षा र बाढीका कारण एकै दिन ७५ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

इनेप्लिज २०७९ भदौ १४ गते ११:०८ मा प्रकाशित

पाकिस्तानमा मनसुन जारी रहँदा भारी वर्षाका कारण आएको बाढीका कारण एक हजारभन्दा बढीको मृत्यु भएको छ । अधिकारीहरूले यसलाई “महाकाव्य अनुपातको जलवायु-प्रेरित मानवीय प्रकोप” भनेका छन्।

पाकिस्तानमा विगत २४ घण्टामा ७५ जनाको ज्यान गएको छ भने खराब मौसमका कारण ५९ जना घाइते भएका छन ।

जसले ऐतिहासिक वर्षा र बाढीको सामना गरिरहेको देशलाई थप विनाशकारी बनाएको पाकिस्तानी राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले जनाएको छ।

पाकिस्तानको करिब एक तिहाई भाग पानीको प्रभावमा परेको पाकिस्तानी जलवायु परिवर्तन मन्त्री शेरी रहमानले सोमबार सामाजिक संजाल ट्वीटरमा लेखेकी छिन । पाकिस्तानले “जलवायु प्रकोप” अनुभव गरिरहेको उनले भनेकी छिन् ।

प्रतिक्रिया