दुःखमय जीवन

लघुकथा २०७९ भदौ १० गते २२:२१ मा प्रकाशित

पुरुषप्रधान हाम्रो जस्तो समाजमा पुरुषले जे गर्दा पनि राम्रो हुने तर कुनै नारीले सच्चाइको बाटोमा हिँडे पनि उसलाई विभिन्न शब्दहरूको बाणले घाइते बनाउने प्रवृत्ति अहिलेसम्म पनि कायमै रहेको पाइन्छ । यसैको एक ज्वलन्त उदाहरणको रूपमा रहेका छन् कृष्णप्रसाद ।

कृष्णप्रसाद गुण्डागर्दी, चोरी, डाँका जस्ता कामका लागि त दुर्नाम कमाएका ब्यक्ति हुन् । कुनै यस्तो दिन हुँदैन जुन दिन कुष्णप्रसाद गाउँघरमा कुनै सामान्य असामान्य घटना घटाउँदैनन् तर पनि समाजले उनलाई मान इज्जत गरेकै छ । चाहे उनीबाट परिवार, समाजले राम्रो कामको प्रतिफल नपाए पनि । उनको जीवबनको अन्त्य त्यसै हुन्छ ।

असल, चरित्र, राम्रो बानी व्यवहार, अति मिलनसार स्वभाव भएकी कृष्णप्रसादकी स्वास्नी सुलोचना भने दुई छोरा, एक छोरी लिएर बाँचिरहेकी छिन् । रात दिन हाड घोटेर पनि दुई छाक टार्न धौ–धौ परिरहेको बेला उनी गाउँघरका ठूलाबडाहरूकहाँ गुहार्दै पुग्छिन् तर त्यहाँ त उनी मानवरूपी दानवलाई भेट्न पुग्छिन् जो कि उनको शरीरको भोका हुन्छन् । केही पाउने आशामा पुगेकी सुलोचना आफूलाई स्याल, गिद्ध र बाजहरूको बीचमा उभिएको पाउँछिन् जो हरपल तयार छन् लुछ्न सुलोचनालाई नै ।

उनी विचार गर्छिन् – आफूमात्र असल बनेर सुखमय बन्दैन रहेछ जीवन ।

रेणु गुप्ता

रौतहट

प्रतिक्रिया