रुसले युक्रेनको ओडेसा क्षेत्रमा रहेको हतियार भण्डार नष्ट गरेको दाबि गरेको छ ।
रुसको रक्षा मन्त्रालयले युक्रेनको ओडेसा क्षेत्रमा अमेरिकी निर्मित एचआइएमएआरएस प्रक्षेपास्त्र प्रणाली र अन्य पश्चिमी-निर्मित मार हान्ने (एन्टि-एयरक्राफ्ट )प्रणालीहरूको लागि क्षेप्यास्त्रहरू भएको समुद्री गोलाबारी भण्डारलाई नष्ट गरेको बताएको छ।
मन्त्रालयले खेरसन क्षेत्रमा लडाई स्थितिमा दुई एम७७७ होविटज़र्स समेत नष्ट गरेको बताएको छ ।
साथै जापोरिजिया क्षेत्रमा एक ईन्धन भण्डारले १०० टन भन्दा बढी डिजेल इन्धन भण्डारण गरिरहेकोलाई समेत नष्ट गरेको जनाएको छ ।
प्रतिक्रिया