राष्ट्रिय खेलकुदमा स्वर्ण पदक ल्याउने खेलाडीले नगद पुरस्कार पाउँने

इनेप्लिज २०७९ भदौ ३ गते २१:४३ मा प्रकाशित

मोरङ,३ भदौ (रासस): आइटिफ तेक्वाण्डो स‹को शुक्रवार विराटनगरमा आयोजित दोश्रो प्रदेश अधिवेशनको उदघाटन समारोहमा सहभागी तेक्वाण्डो खेलाडीहरु । तस्बिर : मनोज दाहाल ÷रासस

विराटनगर,३ भदौ । प्रदेश नं १ खेलकुद विकास बोर्डका सदस्य सचिब हंसराज वाग्लेले पोखरामा हुन लागेको नौ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक ल्याउने खेलाडीलाई अत्याधिक नगद राशीको पुरस्कार सहित सम्मान गर्ने प्रदान गर्ने बताउनु भएको छ।

प्रदेश नं. १ आइटिएफ तेक्वाण्डो सङ्घको दोश्रो प्रदेश अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले तेक्वाण्डोबाट सहभागि हुने खेलाडीले सबैभन्दा बढी स्वर्ण पदक लगायत अन्य पदक जित्ने विश्वास व्यक्त्त गर्नु भयो ।

सदस्य सचिव वाग्ले भाइ भजिता नभनि निश्पक्ष रुपमा खेलाडी छनौट गरेमा खेलकूदको विकास हुने धारणा राख्नु भयो ।

मोरङ,३ भदौ (रासस): आइटिफ तेक्वाण्डो स‹को शुक्रवार विराटनगरमा आयोजित दोश्रो प्रदेश अधिवेशनको उदघाटन समारोहमा सहभागी प्रदेश नं १ खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्ले लगायतहरु ।तस्बिर : मनोज दाहाल ÷रासस

तेक्वाण्डो सङ्घका प्रदेश अध्यक्ष प्रविण कार्की,खेलकुद विकास वोर्डका सदस्य शैलेश बिष्ट, विराटनगर–४ का वडा अध्यक्ष जितन थापाले एक घर एक खेलाडी उत्पादन अभियानले खेलकुद क्षेत्रको विकास हुने विचार राख्नु भयो । अधिवेशनमा प्रदेशका आठ जिल्लाको सहभागिता रहेको थियो ।

अधिवेशनले आजै सर्वसम्मतिको आधारमा नेतृत्व चयन गर्ने छ।

प्रतिक्रिया