लाउने खाने बस्तु सबै आउथ्यो त्यही देशको
भित्रिएछ दाँत कोट्याउने छेस्को पनि त्यसको!
के चाँहि बिक्छ नेपालमा अध्यन गरि -गरि
पठाइ हाल्छ चाइनिज सामान उसले बजार भरि
प्लास्टीका चामल बेच्छ टाँस्सिउन दाँतमा भनि
कोट्याएर झिक्नु पर्ने दन्त गनि -गनि
पहिला बेच्छ प्लास्टिक चामल अनि बेच्छ छेस्को
शरिर मात्रै हाम्रो भयाे सामान सबै त्यसको
ओस्सिएको चाम्रो गुन्द्रुक दिन्छ बुढा खसी
कोट्याएर झिक त्यहि उसकै सिन्का धसि
मुख भित्रका सबै चिज अड्किने र निल्ने
सिन्को पनि उसकै हुँदा जोडा भने मिल्ने
जे को पनि पैसै पार्ने ब्यापारीकाे धर्म
के काे मतलब हुन्छ त्यहा कर्म र कुकर्म
व्यापारी ती चाइनिजले के नै खेर फाल्छन्
प्रयोग भा का सामन पनि एउटा भाँडाँ हाल्छन्
पठाइ देलान तीनै सिन्का हल्का घाममा सुकाइ
नयाँ प्याकेट भित्र -भित्र मिसाएर लुकाइ
जलचर थलचर सबै खानि ती चाइनिजको बानी
हुँदाखेरि तीनका सिन्का मुख भित्र लानि
जस्तो पनि मुखमा हाल्दा अर्को आपत पर्ला
अनेक थरि तीनका रोग तिमलाई पनि सर्ला
हुँदाखेरि सर्वहारी निस्के महामारी
फैलिए ती जताततै सन्सार ध्वस्त पारि
त्यहिँ निस्किन्छन् महामारी सन्सार ध्वस्त पार्ने
यस्ता बेलाँ तिन्का सामान ल्याउने हो कि बार्ने?
त्यती जावा सिन्का त सकिन्छ भो चिर्न
पर्दैन्थयो नि देशको पैसो आज बाहिर तिर्न
बाँस देखि सिमल सल्ला के का छैनन् बुटा
दाँत कोट्याउन ल्याउनै पर्ने चाइनिज जुूठा ठूटा !
जे चिज पनि बाहिरै किन्दा चल्ला कती देश र घर
सक्ने चिज त बनाए हुन्थ्यो कती पर्छौ उसकै भर!
-अर्जुन राज पन्त बाग्लुङ मुलपानी
ब्यङ्ग्य कवि पहिलो ब्यङ्ग्यकाब्यकार समेत हुन उनको ‘ कोइली ‘ ब्यङ्ग्यकाब्य प्रकाशित छ
प्रतिक्रिया