युक्रेनले आइतवार रूसी सेनालाई जापोरिजिया आणविक उर्जा कारखानामा प्रक्षेपास्र प्रक्षेपण गरेको आरोप लगाएको छ ।
अन्तर्राष्ट्रिय आणविक उर्जा सँस्थाका महानिर्देशक राफेल मारियानो ग्रोसीले जापोरिजिया आणविक उर्जा केन्द्रमा गरिएको आक्रमणलाई “डरलाग्दो” को सज्ञा दिएका छन ।
संयुक्त राष्ट्रको निगरानीकर्ताले कब्जा गरिएको परिसरमा आक्रमणले “आणविक प्रकोप” लाई जोखिममा पार्ने चेतावनी दिएको छ ।
यो धेरै समय पछि दोस्रो पटक कारखानामा आक्रमण थियो जुन युरोपको सबैभन्दा ठूलो हो । युक्रेन र रुसले दुवै आक्रमणका लागि दोषारोपण गरेका छन्।
शनिबार राति प्रक्षेपण गरिएका प्रक्षेपास्र सुक्खा भण्डारण सुविधा नजिकै प्रहार गरिएको जहाँ खर्च गरिएको आणविक ईन्धन सहित १७४ वटा बेलनाकार नली (कास्क)हरू राखिएको युक्रेनले जनाएको छ ।
विष्फोटले कारखानाका केही भागका झ्यालहरू उडाएको छ भने एक जना कामदारलाई अस्पताल भर्ना गरिएको छ ।
शनिबार तीन विकिरण निगरानी सूचक डिटेक्टरहरू पनि क्षतिग्रस्त भएका छन भनि सिएनएनले समाचार लेखेको छ ।
प्रतिक्रिया