अन्नु चौधरी र भुपेन चौधरीको थारु गीत ‘चलते चलते’ सार्वजनिक
काठमाडौ । पछिल्लो समयकी चर्चित गायिका अन्नु चौधरी र गायक भुपेन चौधरीको थारु गीत ‘चलते चलते’ सार्वजनिक भएको छ । गायक भुपेनकै शब्द तथा संगीत रहेको गीत द कन्टेन्ट नेपाल युट्युव च्यानबाट सार्वजनिक गरिएको हो । यस गीतमा लोक जि मिजारको एरेञ्ज रहेको छ ।
द कन्टेन्ट नेपालको प्रस्तुतीमा तयार भएको ‘चलते चलते’ गीतको म्युजिक भिडियोलाई गायक स्वयम भुपेन्द्र चौधरीले निर्देशन गरेका छन् । त्रिकोणत्मक प्रेमकथालाई निर्देशक भुपेनले थारु समुदायनै भिडियोमा झल्काएका छन् ।
म्युजिक भिडियोमा अनिल कुर्मी, चन्द्रकला कटुवाल, निक्स शर्मा, राम्जी प्रजापति, सुर्बी सुसान्त घिमिरे र युवराज चौधरीको अभिनय रहेको छ । यस भिडियोलाई गायक, निर्देशनसंगै क्यामेरा, इडिट, कलर समेत भुपेनकै रहेको छ, भने मेकअप उषा चौधरीको रहेको छ । गायक भुपेनको यस अगाडीका थारु गीत ‘सनन सनन’ २५ लाख बढी दर्शकले हेरिसकेका छन् । थारु गीतसंगै भुपेनले नेपालीमा ‘मदानीमा’, ‘हलचल’ बोलको गीतहरु बजारमा ल्याइसकेका छन् ।
न्यूयोर्कमा सिक्किमका पूर्व मुख्य मन्त्रि डा पवन कु चाम्लिङ्गलाई सम्मान गरिने
अमेरिकाको बाल्टिमोर र न्यूयोर्कमा ‘को–हजबेण्ड’
अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भब्यताका साथ मनाइयो
मेरिल्याण्डको एक बिद्यालयमा बमको धम्कि दिने किशोर पक्राउ
क्यालिफोर्नियाको मध्य आकाशमा २ वटा विमान ठोक्किँदा ३ जनाको मृत्यु
प्रतिक्रिया