मोहन बस्नेतको टिप्पणी-प्रधानमन्त्रीले भनेको काम माओवादीले मानेर हिँड्नुपरिरहेको छ, कसरी निरीह हुनुभयो ? (भिडिओसहित

इनेप्लिज २०७९ साउन १७ गते २२:३९ मा प्रकाशित

काठमाडौं, १७ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले एमालेले हिजो सरकारको विरुद्धमा गरेको प्रदर्शनलाई आफूले नौलो रुपमा नलिएको बताएका छन् । उनले एमाले प्रमु्ख प्रतिपक्षी दल भएको कारणले उसले केही न केही त गर्नैपर्यो नि भन्दै हिजोको प्रदर्शनलाई स्वभाविक रुपमा लिएको बताए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने,‘प्रमुख प्रतिपक्षी दल सरकारको काममा चिक्त नबुझेको भनेर सडकमा जानु त लोकतान्त्रिक प्रक्रियामा सामान्य कुरा हो नि ।’ उनले आफूले जनताको समस्याको बारेमा निरन्तर आवाज उठाएको स्मरण गराए । उनले अहिलेको सरकारले शतप्रतिशत राम्रो काम गरेको छ र एउटा पनि गल्ती गरेको छैन भनेर आफूले नभन्ने बताए ।

उनले भने,‘सरकारको कमिकमजोरी हुनपनि सक्छ । र, सकेको राम्रो काम गरिपनि रहेको छ । त्यसमा पनि अहिलेको सरकार भनेको कति वटा पार्टी मिलेर बनेको छ ? तपाईँलाई थाहा छँदैछ ? सबै कुरा नेतृत्वले भनेरपनि नहुने परिस्थिति छ ।’ उनले प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता गठबन्धनका नेताहरुसँग निरीह नबनेको पनि दाबी गरे । उनले भने,‘प्रधानमन्त्री कसरी निरीह हुनुभयो ? प्रधानमन्त्रीले भनेको काम माओवादीले मानेर हिँडिरहनुपरेको छ त ।’

प्रतिक्रिया