स्वतन्त्र उम्मेदवारहरुको बढ्दो सक्रियता , के पुराना नेता बिस्थापित होलान् ?

इनेप्लिज २०७९ साउन १६ गते १०:१८ मा प्रकाशित

अहिले देशैभर स्वतन्त्र अभियन्ता तथा उम्मेदवारहरुको चर्चा बढिरहेको छ । धेरै जना त संसदिय निर्बाचनको लागी आफ्नो उम्मेद्वारी घोषणा र प्रचार प्रसारमा सक्रिय हुन थालिसकेका पनि छन् ।

राजधानीमा गत शनिबार स्वतन्त्र अभियन्ता तथा उम्मेदवारहरुको एक गोलमेच सम्मेलन सम्पन्न भएको छ ।

अबको चुनावमा स्वतन्त्र भइ चुनाव लड्ने घोषणा गर्नु भएको हरिशरण लामिछाने सहजकर्ताको रुपमा रहनु भएको उक्त कार्यक्रममा बिजय कँडेल , डा निकोलश भुसाल , दिनेश खनाल , जिग्मी भुजेल, कपिल पौडेल लगायत थुप्रै स्वतन्त्र अभियन्ता एवं भाबि उम्मेद्वारको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमका सहभागीहरुले साझा चुनाबी एजेन्डा को बारे आवाज उठाएका थिए ।

यस्तै देशभरका स्वतन्त्र उम्मेदवारले एकअर्कालाइ सहयोग गर्नु पर्ने र हरेक स्वतन्त्र उम्मेद्वारले एउटै नारा लाइ बोकेर हिडे सफलता हासिल गरिने जस्ता बिचारहरु मा छलफल भएको थियो ।

स्वतन्त्र अभियन्ताको रुपमा सक्रिय बिजय कँडेलले कार्यक्रममा बोल्दै सबै स्वतन्त्र उम्मेदवारहरुको एउटै आवाज हुनु पर्ने कुरालाइ जोड दिएका थिए भने डा निकोलश भुसालले १६५ वटै क्षेत्र बाट स्वतन्त्र उम्मेदवार लाइ उठाउन जरुरी भएको समेत बताए ।

प्रतिक्रिया