त्यो बर्षिरहने सावनको झरीले कता कता पुर्याउछ
कहिले रुवाउछ त् कहिले हसाउछ।
कहिले छोडीआएको अतिततिर डोर्याउछ
अनि अन्जानमै किन हो कुन्नि आखाहरू टोलाउछ।
कहिले बिपनाबाट टाढा लगी सपनालाई चियाउछ
अनि बर्षिरहेको बर्षाले आफैलाई रुझाउछ
त्यो बर्षिरहने सावन को झरीले कता कता पुर्याउछ
कहिले रुवाउछ त् कहिले हसाउछ।
कहिले रमाईला क्षणहरुको सम्झनाले नचाउछ,
अनि मौनता भित्र लुकेका ओठहरु मुस्कुराउछ
कहिले नरमाइला अतितको यादले झस्काउछ,
अनि अन्जानमै किन हो कुन्नि आखाहरू रसाउछ।
त्यो बर्षिरहने सावनको झरीले कता कता पुर्याउछ
कहिले रुवाउछ त् कहिले हसाउछ।
कहिले बिछोदिएको आफन्तको यादले सताउछ
अनि मनलाई तड्पाई तड्पाई मुटुलाई दुखाउछ
कहिले चम्किरहेको बिजुलीको चम्काहत संग रमाउछ
अनि गर्जनका साथ् गर्जिरहेको मेघलाई बोलाउछ।
त्यो बर्षिरहने सावनको झरीले कता कता पुर्याउछ
कहिले रुवाउछ त् कहिले हसाउछ।
– रजनी (कन्चन ) मल्ल
प्रतिक्रिया