कहाँ कहाँ खोजे मैले……….

गोबिन्द राज ओझा (राजन) २०७९ साउन १५ गते १०:४१ मा प्रकाशित

कहाँ कहाँ खोजे मैले तिमिलाई यो जगतमा घुमिरहे

यो संसारको कुना कुनामा पुगेर तिम्रो बारेमा सोधिरहे

त्यो गाउँले सुनाएको थियो मलाई तिम्रो जिवन कथा

मनका सारा प्रश्नहरुको उत्तर पाए बसेर यो गाउँमा

 

तिमिलाई भेटन म कति आतुर छु भन्न सक्दिन

बिरानो ठाउँमा एक्लै बस्दा आखाका आशु रोक्न सकिन

तिम्रो अंगालोमा बेरिरहने मेरो मन थियो

सधै तिम्रो साथ पाउ यहि ईच्छा मनमा रह्यो

 

एक चोटी त भेट होला तिमि सँग मेरी प्रिय

डर लाग्छ मलाई दूर हुँदा मेरी प्रिय

बिस्तारै बोलाउथ्यौ मलाई त्यो बाटोमा मैले हिडदा

कहिले त भेटन सकुला मैले तिमिलाई खोज्दै हिडदा

 

एक पटक भेटेर मैले तिमीलाई चुम्ने मन छ

तिमि आउछौ होला यो मनलाई विश्वास छ

रुपकी सुन्दरी हौ तिमि तिम्रो रुपमा मन भुलाए

तिमिलाई भेटन पाईएला भनि बाटो कुरिरहे

 

– गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा. २ दिपायल डोटी

प्रतिक्रिया